वडा नम्बर १२ मुर्लीमा निर्माण गर्न लागिएको ढलनालाको महानगर प्रमुख सरावगीद्वारा स्थलगत निरीक्षण
वीरगन्ज, ३१ असोज । महानगर प्रमुख विजय कुमार सरावगीले वडा नम्बर १२ मा निर्माण गर्न लागिएको ढल तथा नालाको स्थलगत निरीक्षण गर्नुभएको छ ।
माहानगरपालिकाको नगर स्तरीय बजेटबाट वडा नम्बर १२ मुर्लीमा ३४ लाखको लागतमा निर्माण हुन लागेको सडक ढलान र नाला निर्माणको आज नगरप्रमुख बिजय कुमार सरावगीले स्थलगत अनुगमन गर्नु भएको हो । निरीक्षणका क्रममा महानगर प्रमुख सरावगीले निर्माणको गुणस्तरमा निगरानी गर्न स्थानीयलाई आग्रह गर्नुभयो ।