मैत्रीपूर्ण फुटबल प्रतियोगितामा पत्रकारको टोली विजयी
वीरगन्ज, १६ माघ । पर्साका पत्रकार र कर्मचारीबीच भएको मैत्रीपूर्ण फुटबल प्रतियोगितामा पत्रकारको टोली विजयी भएको छ । कालिका टाईम्सको प्रथम बार्षिकोत्सवको अवसरमा आयोजना गरिएको मैत्रीपूर्ण फुटबल प्रतियोगितामा पत्रकारहरुको टोली ७–३ गोल अन्तरले विजयी भएको हो ।
प्रदेश प्रहरी विपत व्यावस्थापन गुल्मको खेलमैदानमा भएको खेलमा पत्रकारहरुको टोलीले पहिलो हाफमा ५–१ को अग्रता लिएको थियो । दोश्रो हाफमा पत्रकारहरुको टोलीले पुनः गोल गर्दै ६–१ को अन्तर बनाएको थियो ।
कर्मचारीहरुको टोलीले पत्रकारहरुको टोलीमाथि दबाव बढाउदै थप दुईगोल गरेपनि खेल समाप्तीमा ७–३ को अन्तरमा उपविजेतामा नै चित्त बुझाउनु प–यो । विजयी भएका पत्रकारहरुको टोलीलाई प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजय कुमार चौरसियाले शिल्ड र मेडल वितरण गर्नुभएको थियो ।
त्यस्तै उपविजेता र्कचारीहरुको टोलीलाई प्रदेशसभा सदस्य राजेश्वर साह तेलीले शिल्ड तथा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक रमेश कुमार बस्नेत र पत्रकार ध्रुव साहले मेडल लगाईदिनु भएको थियो । प्रतियोगिताको उत्कृष्ट खेलाडी पत्रकारहरुको तर्फबाट मनोज पटेल घोषित हुनु भएको थियो । उहाँले नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य केसी लामिछानेले शिल्ड तथा मेडल वितरण गर्नुभएको थियो ।
कालिका टाईम्स दैनिकका प्रवन्धक छठु प्रसाद साहको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एकीकृत समाजवादीका वीरगन्ज महानगर अध्यक्ष मनोज चौधरी, लोकतान्त्रिक समाजवादी पार्टीका महानगर अध्यक्ष ओमप्रकाश सर्राफ, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक रमेश कुमार बस्नेत, समाजवादी प्रेस संगठनका केन्द्रीय सदस्य राघव साह,
प्रेस सेण्टर नेपाल पर्साका अध्यक्ष दीप गौतम, प्रेस चौतारी पर्साका उपाध्यक्ष तुलसी भण्डारी लगायतले शुभकामना मन्तव्य वयक्त गरेका थिए । पत्रिकाका सम्पादक शम्भु कुमार सुमनले संचालन गरेको कार्यक्रममा प्रेस सेण्टर नेपालका केन्द्रीय सदस्य नीरज पिठाकोटे मगर, समाजवादी प्रेस संगठनका केन्द्रीय सदस्य वृजलाल पासवान, नेपाली कांग्रेसका नेता रामरुप कुर्मी लगायतको आतिथ्यता रहेको थियो ।