फिफा महिला विश्वकपमा कोरिया कोलम्बियासँग पराजित
वीरगन्ज, ९ साउन । फिफा महिला विश्व कप फुटबलको पहिलो खेलमा आज कोलम्बिया विजयी भएको छ । आज बिहान पौने ८ बजे भएको पहिलो खेलमा समूह ‘एच’ का कोलम्बिया र दक्षिण कोरियाबीच भएको खेलमा कोलम्बियाले कोरियालाई दुई शुन्य गोल अन्तरले पराजित गरेको हो ।
तीन वटा खेल मध्य पहिलो खेल सकिएको छ । अब अर्को खेल समूह ‘ए’ का न्युजिल्यान्ड र फिलिपिन्सबीच केहीबेरमा सुरु हुनेछ । दिउँसो पौने २ बजे समूह ‘ए’ कै स्विट्जरल्यान्ड र नर्वेबीच अर्को खेल हुनेछ ।
महिला विश्व कप फुटबल आउँदो अगस्ट २० तारिखसम्म चल्नेछ । विश्व कपमा ३२ टोलीको सहभागिता रहेको छ ।