होटल तथा पर्यटन क्षेत्रलाई उद्योग सरह मान्यता दिन मन्त्री रिजाल सकरात्मक
वीरगन्ज, १७ बैशाख । होटल तथा पर्यटन व्यावसायी संघ वीरगन्जले होटलहरुलाई पनि उद्योग सरह मान्यता दिन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाल सकारात्मक हुनुभएको छ । ‘होटेल तथा पर्यटन ब्यवसाय’लाई उद्योग सरह मान्यता दिनुपर्ने माग राख्दै होटल तथा पर्यटन व्यावसायी संघ वीरगन्ज, पर्साले मन्त्री रिजाललाई ज्ञापनपत्र बुझाएको छ ।
यसअघि पनि उठाउदै आएको विषय भएपनि अहिलेसम्म माग सम्बोधन हुन नसकेको भन्दै उद्योग सरह होटल व्यावसायलाई पनि मान्यता दिनुपर्ने माग गर्दै ज्ञापनपत्र बुझाएका हुन् । काठमाडौं गएका उनीहरुले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाललाई भेटेर होटल व्यावसायलाई उद्योगको मान्यता पाए उद्योगहरुलाई प्राप्त हुने सहुलियत र सुबिधाहरु जस्तै होटलरुले पनि पाउने आधार बन्ने उनीहरुको तर्क सहित ज्ञापनपत्र बुझाएका हुन् ।
उद्यम र रोजगारीको भरपर्दो स्रोत तथा बैदेशिक मुद्रा आर्जनको स्थापित माध्यम होटल तथा पर्यटन क्षेत्र नै भएको र देशको आर्थिक विकासको राज्यद्वारा नै पहिचान गरिएको महत्वपुर्ण क्षेत्र रहेको उद्योग सरह मान्यता दिन माग गरेका हुन् । ‘होटेल तथा पर्यटन ब्यवसाय’लाई तंग्रिन र विकास गर्नमा यसले मद्दत मिल्ने पनि विश्वास लिएको होटल तथा पर्यटन व्यावसायी संघ वीरगन्ज पर्साका अध्यक्ष हरि पन्तले बताउनुभयो ।
विभिन्न समयमा विभिन्न कारणले प्रताडित भएको होटेल तथा पर्यटन ब्यवसाय क्षेत्र कोरोना महामारी झन ठूलो संकटको सामना गर्नुपरेको र तत्कालीन सरकारले सहुलिय र राहतको मलहम लगाउने काम समेत नगरेको उनीहरुको गुनासो छ ।
ज्ञापनपत्र बुझ्दै मन्त्री रिजालले यसविषयमा नीतिगत निर्णयका लागि मन्त्रालयका सचिवलाई तत्काल प्रकृया अगाडि बढाउन निर्देशन दिने बताउनु भएको टोलीमा सहभागी बरिष्ठ उपाध्यक्ष रचिन्द्र थापाले बताउनुभयो । ज्ञापनपत्र बुझाउन जाने टोलीमा महासचिव मधाव बस्नेत, हिरा श्रेष्ठ लगायतको पनि सहभागिता रहेको थियो ।