‘प्रधानमन्त्रीको भारत भ्रमण ऐतिहासिक बनाउनुपर्छ’
अशोक वैद,
अध्यक्ष–नेपाल भारत सहयोग मञ्च
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमण ऐतिहासिक बनाउनुपर्छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत भ्रमणका लागि जानुभएको छ । यो एउटा महत्वपूर्ण अवसर र समय हो । भारतसँगको सम्बन्धलाई यसले थप मजबुद बनाउने विश्वास गर्न सकिन्छ । किनभने लोकतन्त्रको विश्वासीलो आधार भएको देश भारतका प्रधानमन्त्री विश्व समुदायमा जसरी लोकप्रिय हुदै जानुभएको छ । नेपालसँगको सम्बन्धलाई पनि त्यस्तै बनाउनुपर्छ । नेपाल भारतको सम्बन्ध रोटीबेटीको मात्रै होईन । खुला सीमा, सांस्कृति, रितिरिवाज, धर्म समान छन् । हाम्रो रोटीबेटीको पारिवारिक र सांस्कृतिक सम्बन्धदेखि दुईदेशबीचको व्यापारिक सम्बन्ध पनि उस्तै मजबुत छ । व्यापार व्यावसायमा पनि हाम्रो ठूलो हिस्सा भारतसँग छ । ७५ प्रतिशत आयात भारतबाट हुन्छ । व्यापारघाटा कम गर्नका लागि भारततर्फ नेपालमा उत्पादित वस्तु कसरी निर्यात गर्ने भन्ने विषयमा छलफल हुनुपर्छ । भारत विश्वका सबैभन्दा ठूलो आर्थिक केन्द्र मध्यको एक हो । त्यहाका उद्योगी व्यावसायी र विज्ञहरुसँग छलफल गरेर अनुभव आदान प्रदान गरी नेपालमा उद्योग व्यापारमा वृद्धि गर्ने र सम्भाव्यताको खोजीका लागि पनि भारतीय पक्षहरुसँग सम्वाद गर्नुपर्छ । अहिलेको बजेटमा घोषणा गरिएको पर्यटन बर्ष २०८० लाई नै केन्द्रीत गरेर नेपाल भारतको एउटा संयुक्त पर्यटन बोर्ड गठन गरेर कसरी भारतीय पर्यटकहरु नेपाल भित्र्याउन सकिन्छ ? भन्ने विषयमा द्विपक्षीय छलफल र सम्वाद हुनुपर्छ । नेपालका निर्माण सामग्रीहरु पनि भारतका निर्माण सामग्रीहरुसँग प्रतिस्पर्धा गर्न सक्ने छन् । यसको निर्यातका लागि भारत सरकारसँग प्रधानमन्त्रीले खुलेर राख्नुपर्छ । जसले हाम्रो नेपालको व्यापार घाटालाई कम गर्छ । भारतसँग रामायण सर्किट, शिव सर्किट, बुद्ध सर्किट र जैन सर्किट लगायतका सर्किटहरु जोडेर धार्मिक पर्यटनको विकास गर्न सकिने सम्भावनाहरु छन् । त्यस विषयमा प्रधामन्त्रीले कुरा राख्नुपर्छ । नेपाल अहिले धेरै ठूलो आर्थिक कठिनाईबाट गुज्रिरहेको छ । भारतले कोरोना महामारीमा भूकम्पको विपदमा सहयोग गरेको थियो । अहिलेपनि भारतसँग आर्थिक संकट समाधानका लागि सहयोग लिन सकिन्छ । हाम्रो देका नागरिक समाज, मिडिया तथा अन्य क्षेत्र र वर्गका व्यक्तिहरुको पनि भारतीयपक्षहरुसँग सम्बन्ध बढाउनुपर्छ । खासगरी सीमाक्षेत्रमा रहेका नेपाल भारतका नागरिकहरुको पारस्परिक सम्बन्धलाई बलियो बनाउनका लागि सीमाक्षेत्रका राज्यहरुका जनस्तरको सम्बन्धलाई बलियो बनाउनुपर्छ ।