दिवंगत नेम्वाङको राजकीय सम्मानका साथ अन्तयष्टि गर्ने मन्त्री परिषदको निर्णय 

दिवंगत नेम्वाङको राजकीय सम्मानका साथ अन्तयष्टि गर्ने मन्त्री परिषदको निर्णय 

संविधानसभा अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने भएको छ । केहीबेर अघि बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले नेम्वाङको राजकीय सम्मानका साथ अन्त्यष्टि गर्ने निर्णय गरेको हो ।

उहाँको अन्त्यष्टिको दिन सार्वजनिक विदा दिने पनि निर्णय गरेको छ । संविधान सभाका अध्यक्षसमेत रहेका नेम्वाङको आज बिहान साढे २ बजे अकस्मात निधन भएको थियोे ।

शौचालय जाने क्रममा आज बिहान साढे १ बजे हृदयघात भएर टलेपछि उपचारका लागि त्रिवि शिक्षण अस्पताल लगिएको थियो । अस्पताल पु¥याइएका उहाँलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।