जसपाकी केन्द्रीय सदस्य एवं प्रदेशसभा सदस्य विन्दुकुमारीको निधन
वीरगन्ज, २६ भदौ । मधेश प्रदेशसभा सदस्य तथा जनता समाजवादी पार्टी (जसपा) की केन्द्रीय सदस्य विन्दुकुमारी यादवको निधन भएको छ। क्यान्सर रोगबाट पीडित ४४ वर्षीया यादवको उपचारकै क्रममा मंगलबार बिहान सवा ८ बजे प्रादेशिक अस्पताल जनकपुरमा निधन भएको हो। उहाँ दुई वर्ष अघिदेखि पाठेघरको मुखको क्यान्सरबाट पीडित हुनुहुन्थ्यो ।
१० दिनदेखि उहँको प्रादेशिक अस्पताल जनकपुरको आइसियूमा राखेर उपचार हुँदै आएको थियो। दोस्रो मधेश आन्दोलनपछि नेतृत्वमा आउनु भएकी उहाँ जसपाबाट समानुपातिक सांसद रहनुभएको थियो । उहाँको निधनप्रति जसपका नेता कार्यकर्ताहरुले समवेदना व्यक्त गरेका छन् ।