देशभरमा ८० प्रतिशत कोरोना संक्रमण मुक्त
वीरगन्ज, १९ जेठ । देशभरमा ८० प्रतिशत कोरोना संक्रमितहरु निको भएका छन् । स्वास्थ्य मन्त्रालयले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा देशभरमा ८०.८ प्रतिशत कोरोना संक्रमित निको भएको जानकारी दिएको हो । २४ घण्टामा देशभरबाट ७ हजार २ सय १९ जना कोरोना संक्रमणमुक्त भएका छन् । १०१ जनाको मृत्यु भएको छ । कोरोना संक्रमण दर घट्दो क्रममा रहेको स्वास्थय तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर कृष्ण प्रसाद पौडेलले जानकारी दिनुभयो ।
गत सोमबारदेखि बुधबारसम्मको तथ्यांकमा देशभरमा ४६ हजार ७ जनाको पीसीआर परीक्षण भएको छ । ८ हजार ५ सय १६ जना एन्टीजेन विधिबाट परीक्षण गरिएको छ । भएको छ । १६ हजार १६३ मा संक्रमण पुष्टि भएको छ । २० हजार ६ सय ८ जना संक्रमण मुक्त भई डिस्चार्ज भएका छन् । बुधबारसम्म सक्रिय संक्रमित १ लाख १ हजार ९९३ रहेका छन् ।
त्यसमध्य ६८६३ जना संस्थागत आईशोलेशनमा र ९५ हजार १३१ होम आईशोलेसनमा रहेका छन् । बुधबार १३८०५ नमूनाहरुको आरटी पीसीआर विधिबाट र ३ हजार ७३ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको छ । २४ घण्टामा देशभरी औसत संक्रमण दर ३२.७ प्रतिशत सबैभन्दा बढी कर्णाली पदेशमा ५८.२६% र प्रदेश नम्बर १ मा ३९.३७ प्रतिशत र बागमती प्रदेशमा ३३.७४ प्रतिशत संक्रमित पत्ता लागेको छ ।
२४ घण्टामा ४५२४ जनाको पीसीआर र ७९२ को एन्टिजेन परीक्षण गरिएकोमा ५३१६ जनामा संक्रमण पुष्टि भएको प्रवक्ता डाक्टर पौडेलले बताउनुभयो । ८३७ जना संस्थागत क्वारेन्टिनमा रहेका छन् । अहिले देशभर १४४६ जना आईसीयुमा र त्यसमध्य ३८५ जना भेण्टिलेटरमा उपचाररत रहेको प्रवत्ता डाक्टर पौडेलले पत्रकार सम्मेलन मार्फत जानकारी दिनुभयो ।