संविधान दिवसको उपलक्ष्यमा वाईसियलद्वारा विद्यालयमा सरसफाई
समाजका अनेक किसिमका फोहोर वाईसियलले सफा गर्छ : संयोजक पटेल
वीरगन्ज, ३ असोज । नेकपा माओवादी केन्द्र अहिले संगठन निर्माणका क्रममा माओवादी रुपान्तारण विशेष अभियान लिएर जनताको घर घरमा पुगिरहेको छ । माओवादी पार्टीलाई सहायक संगठन वाईसियलले पनि सहयोग गर्दै आएको छ ।
सहायक संगठन वाईसियलले पार्टीको संगठन निर्माण र देशमा ब्याप्त भ्रष्टाचार नियन्त्रणमा पनि सहयोग गर्दै आएको छ । । सामाजिक काममा पनि उत्तिकै सक्रिय रहेको छ । यहि क्रममा वाईसियल नेपाल पर्साले संविधान दिवसको अवसरमा धार्मिक स्थलको सरसफाई गरेको छ ।
वीरगन्ज महानगरपालिकाको वडा नं.–१४ मा स्थित छुट्टै धार्मिक तथा साँस्कृतिक महत्व बोकेको नृसिंह मन्दिर पिपरा मठमा सरसफाई गरेको छ । नेकपा माओवादी केन्द्र कम्युनिष्ट विचार धाराको पार्टी भएपनि कम्युनिष्टले धर्मलाई अफिम मान्छ भन्ने मान्यता भएपनि कम्युनिष्ट विचार बोकेका मान्छेहरुले सामाजिक काम र मानवतालाई प्रमुख प्रथामिकतामा राख्छ भन्ने उदाहरण धार्मिक स्थलको सरसफाई गरेर वाईसियल पर्साले प्रमाणित गरेको छ ।
वाईसियल पर्सा जिल्ला संयोजक दीपेन्द्रसिंह पटेलको अध्यक्षतामा बुधबार वीरगंज महानगपालिका नृसिंह मन्दिर पिपरा मठमा पहिलो चरणको सरसफाई अभियान सम्पन्न भएको छ ।
सो अभियानमा नेपाल दलित मुक्तिमोर्चा प्रदेश सदस्य किरोधन राम, निउत राम, वीरगंज महानगरपालिका वडा नं. १८ का योङ कम्युनिस्ट लिग नेपाल (वाईसियल) को टोलीेले सरसफाई गरेको हो ।
योङ कम्युनिस्ट लिग नेपालले समुदायमा देखिने अनेक किसिमका फोहर सफाई गर्नुका साथै नदेखिने समाजिक र राजनीतिकक फोहोरहरुलाई पनि रचनात्मक शैलीमा सफा गर्दै जाने वाईसियल संयोजक पटेलले बताउनुभयो ।