वीरगन्ज युवा समाजद्वारा दाउरा वितरण 

वीरगन्ज युवा समाजद्वारा दाउरा वितरण 

वीरगन्ज, ७ पुस । वीरगन्ज युवा समाजले कठांग्रिदो जाडोमा आगो ताप्नका लागि दाउराको व्यावस्था गरेको छ । बढ्दै गएको चिसो र शीतलहरको समेत जोखिम रहेकोले सार्वजनिक स्थानमा आगो बाल्नका लागि दाउरा वितरण गरेको हो ।

वीरगन्ज युवा समाजका अध्यक्ष कमल चौगाँईको नेतृत्वमा समाजले मान्छेहरुको बढी जमघट हुने सार्वजनिक स्थानहरुमा आगो बाल्नका लागि दाउरा वितरण गरेको छ । वीरगन्जको वीर्ता मन्दिर चोक, रजतजयन्ति चोक, वीरगन्ज भन्सारको शंकाराचार्य गेट, घण्टाघर र पावउर हाउस चोकमा आगो बाल्नका लागि दाउरा वितरण गरेको वीरगन्ज युवा समाजका अध्यक्ष चौगाँईले बताउनुभयो ।

यसैगरी नारायणी अस्पतालमा बिरामी कुर्न बस्ने कुरुवाहरुको लागि पनि चिसोबाट जोगिनका लागि आगो बाल्न दाउरा वितरण गरेको छ । केही दिनदेखि बढेको चिसोले जनजीवत प्रभावित हुदै गएकोले चिसोबाट जोगाउनका लागि दाउरा र न्यानो कपडा वितरण अभियानलाई निरन्तरता दिईने अध्यक्ष चौगाईले बताउनुभयो ।

समाजका सदस्य दिवससिंह ठकुरीको संयोजकत्वमा दाउरा वितरण अभियान शुरु गरिएको र महानगरका अन्य क्षेत्रहरुमा पनि दाउरा वितरण गरिने समाजका सदस्य दिगम्बर थापाले बताउनुभयो । दाउरा वितरण कार्यक्रममा समाजका सदस्यहरु अनुप अग्रवा, अमित गुप्ता, आदित्य चौगाई, रबि केशरी, लालबाबु चौधरी लगायतको सहभागिता रहेको थियो ।