नेपालका व्यावसायी, पत्रकार र महन्थ भारतमा सम्मानित 

नेपालका व्यावसायी, पत्रकार र महन्थ भारतमा सम्मानित 
होटल तथा पर्यटन व्यावसायी संघ वीरगन्ज, पर्साका अध्यक्ष हरि पन्तलाई सम्मान गर्दै भारत वैशाली विधायक सञ्जय सिंह, सिद्धार्थ पटेल र नेपालका पूर्वमन्त्री जीतेन्द्र सोनल । तस्वीर : ट्रिव्यून न्युज

वीरगन्ज, १२ असार । मिडिया फोर बोर्डर हार्मोनी संस्थाले आयोजना गरेको कार्यक्रममा नेपालका व्यावसायी, पत्रकार र महन्थ भारतमा सम्मानित भएका छन् ।

वीरगन्जका होटल तथा पर्यटन व्यावसायी संघ वीरगन्ज, पर्साका अध्यक्ष हरि पन्त, पत्रकार राम सर्राफ र जनकपुरधामका महन्थ रामतपेश्वर दास भारतमा सम्मान्नित भएका हुन् ।

होटल तथा पर्यटन व्यावसायी संघ वीरगन्जका अध्यक्ष हरि पन्तले कोरोना संक्रमणको समयमा बन्द भएको सीमा नाका खोल्न जिल्ला प्रशासन कार्यालयमा पटक पटक ज्ञापनपत्र दिएर सीमा खुलाउन प्रयास गरेको, केन्द्रीय संकट व्यावस्थापन केन्द्र (सीसीएसी) का प्रमुख उपप्रधानमन्त्री ईश्वर पोख्रेल,

त्यसपछिका प्रधानमन्त्री शेर बहादुर देउवालाइ आग्रह गरेपछि सीमा नाका खुलाउन महत्वपूर्ण भूमिका खलेकोले सम्मान गरिएको आयोजकले जनाएको छ ।

भारतको विहार स्थित वैशाली जिल्लामा भएको वैशाली गढमा आयोजित कार्यक्रममा नेपालका तर्फबाट जानकी मन्दिरका उत्तराधिकारी महन्थ दास, होटेल तथा पर्यटन ब्यवसायी संघ, वीरगन्जका अध्यक्ष हरि पन्त र पत्रकार राम सर्राफलाई नेपाल भारत अन्तराष्ट्रिय मैत्री सम्मानबाट सम्मान गरिएको थियो ।