इन्ट्र्याक्ट क्लब अफ गौतम स्कुलद्वारा निःशुल्क पानी बितरण

वीरगन्ज, २ असार । इन्ट्र्याक्ट क्लब अफ गौतम स्कुलले निःशुल्क पानी बितरण गरेको छ। अत्यधिक गर्मीले पानीको समेत हाहाकार भएको अवस्थामा सडकमा हिड्नेहरुलाई प्यास मेटाउन राहत होस भनेर इन्ट्र्याक्ट क्लब अफ गौतम स्कुलको आयोजनामा निःशुल्क पानी बितरण गरेको हो।
वीरगंजको घण्टाघर, माइस्थान, शंकराचार्य गेट सम्ममा झण्डै एकहजार पाँचसय भन्दा बढीलाई निःशुल्क पानी बितरण गरेका इन्ट्र्याक्ट क्लब अफ गौतम स्कुलका अध्यक्ष आलोक यादवले जानकारी दिनुभयो ।
केही दिन यता लगातार बढेको तापक्रमका कारण देशभरको जनजीवन प्रभावित भएकोले हरेक प्राणीका लागि पानी अत्यावश्यक भएपनि विभिन्न ठाँउमा चापाकलहरु सुकेका कारण सहज रुपमा पानी नपाउने भएकाले निःशुल्क पानी वितरणको अभियान थालिएको उहाँले बताउनुभयो ।
कार्यक्रममा प्रकाश डान्स स्टुडियोका अध्यक्ष प्रकाश कर्णले आर्थिक सहयोग गरेका थियो भने क्लबका सदस्यहरू कृष्ण मिश्र, आनिश गुप्ता, निखिल बर्नवाल, शुर्तिका मान्सि, दिपाशा रौनियार, दिभयांका चौरासिया, अनुज्ञा गर्गले स्वयंसेवीको रुपमा सहयोग गरेका थिए ।