वीरगन्जमा रात्री बजारको लागि भव्य तयारी
वीरगन्ज, ३० चैत । वीरगन्जमा रात्री बजारको लागि भव्य तयारी भएको छ । २०७९ सालको अन्तिम दिनको बिदाईसँगै भोली नयाँबर्षको स्वागतका लागि वीरगन्ज महानगरपालिकाले आयोजना गरेको रात्री बजारको तयारी अन्तिम चरणमा पुगेको छ । रात्री बजारका लागि आवश्यक स्टलहरु र सजावटहरु भईरहेको छ । विभिन्न झिलिमिली बत्ति तथा सजावटले आदर्शनगर क्षेत्रलाई आकर्षक बनाईएको छ ।
साँझ नपर्दै सुनसान हुने वीरगन्जमा रातिको समयमा पनि किनमेलको वातावरण बनानउन र वीरगन्जको व्यापार व्यावसायलाई चलायमान बनाउनका लागि तीनदिनको रात्री बजारको आयोजना गरेको वीरगन्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले बताउनु भएको छ । तीन दिनको लागि आयोजना हुने रात्री बजारको तयारी पूरा भएको र आज यसको उदघाटन गरिने ग्रिनसिटी सामुदायिक सेवा केन्द्र वीरगन्जका अध्यक्ष जय प्रकाश खेतानले जानकारी दिनुभयो ।
रात्री बजार हेर्न र किनमेल गर्न आउनेहरुलाई मनोरञ्जनका लागि सांस्कृति कार्यक्रम तथा विभिन्न परिकारका स्टलहरु पनि राखिने खेतानले बताउनुभयो । आदर्शनगर चौकमा वीरगन्जको पहिचान बोकेको त्रृmतिम घण्टाघर र शंकाराचार्य गेटपनि बनाईएको छ । अन्य विभिन्न स्थानमा सेल्फी खिच्ने ठाउँ समेत निर्माण गरिएको छ ।
आर्थिक राजधानी भनि चिनिने विरगञ्ज लाई नेपालमै पहिलोपटक सञ्चालन हुने यस रात्रि बजारले साच्चै नै आफनो पहिचान दिलाउन कोसेढुङ्गा सावित हुने मधेस विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर दीपक शाक्यले बताउनुभएको छ ।
उहाँले सामाजिक सञ्जालमा पोष्ट गर्दै लेख्नुभएको छ,
“विभिन्न आन्दोलनहरू र कोरोनाको कहरले ब्यापार ब्यवसाय सुस्त भएको अवस्थामा रात्री बजार सञ्चालनले विरगंजको अर्थतन्त्रलाई चलायमान बनाउनमा सहयोग गर्ने भने विरगञ्ज बासीहरुको आर्थिक समाजिक ,पारिवारिक जीवनस्तर उकास्न पनि मदत गर्ने छ। उद्योग, ब्यापार ब्यवसाय, पर्यटक यातायातको प्रबद्र्धन, रोजगारको सृजना गर्न मद्दत गर्ने छ। उद्योग, ब्यापार, ब्यवसाय र आफनो रोजगारीमा व्यस्त वीरगन्जबासीलाई सन्ध्याकालीनमा आफ्नो परिवारहरुसँग रमाइलो घुमघाम, खानपिन, बजार गर्ने र मनोरञ्जनको अवसर जुट्नेछ। सीमा नजिक बसेको हाम्रो वीरगन्जको सीमानाका रात्रिकालमा पनि खुले छिमेकमा बस्ने हाम्रो भारतीय उपभोक्ताहरूलाई पनि रात्री बजारले आकर्षण गर्न सकिनेछ। हामीलाई अहीले अली नौलो लागेपनि विश्वको धेरै शहरहरूमा रात्री बाजार सञ्चालनमा छ। रात्री बाजारले शहरलाई चलायमान बनाउनमा सहयोग गर्नेछ। उत्पादनशीलतामा अभिबृद्धि हुनेछ। रोजगारी सृजनामा सहयोग गर्नेछ।शहरबासीको जीवनस्तर उकास्नका लागि मदत गर्नेछ। सीमा बाजारलाई चलायमान बनाउनमा सहयोग गर्नेछ।”