उद्योग व्यापार चलायमान बनाउन केही ऐन संसाेधन आवश्यक छ : मन्त्री रिजाल
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) उद्योग तथा वाणिाज्य बिभागले पर्यटन बोर्डको सभा कक्षमा आज एक अन्तर्कृया आयोजना गरेको छ ।
कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रिजालले देशको उद्योग, वाणिज्य तथा आपूर्तिलाई सहज र सरल बनाउन आफू दिनरात खटी रहेको बताउनुभयाे । उहाँले भन्नुभयाे, "मलाई भेट गर्न आउने दैनिक जसो उद्योगीहरुले आफ्ना समस्याहरु बताउने गरेको र म र मेरो मन्त्रालयले उक्त समस्या समाधानका निमित्त निरन्तर छलफल र तत्कालै समाधान हुने खालको समस्यालाई अन द स्पोर्ट हामीले समाधानको पहल गर्ने गरेका छौ।"
उद्योग, व्यापारलाई अझ बढी प्रभावकारी बनाउन र आयात, निर्यातलाई परिणाम मुखी बनाउन केही ऎन, नियम र नितिहरुमा सुधार गर्न पनि आवश्यक देखिएकोले सोही आवश्यकतालाई महसुस गरेर विभिन्न चरणमा मन्त्रालय स्तरीय छलफललाइ निरन्तरता दिएकाे र समाधान गर्न निर्देशित गरेको बताउनुभयाे ।
"समय लाग्ला तर हामीले यो देश बनाउन राजनीति गरेको हो र देशलाई सहि दिशामा ल्याउन हर सम्भव प्रयास रहने छ ।" मन्त्री रिजालले भन्नुभयाे ।कार्यक्रमको अध्यक्षता बिभागका अध्यक्ष बामदेव क्षेत्रीले गरेका थिए ।