प्रदेश सरकारको ढिलो निर्णयले आम नागरिकले सास्ती खेप्नुप¥यो  

प्रदेश सरकारको ढिलो निर्णयले आम नागरिकले सास्ती खेप्नुप¥यो  

ट्रिब्यून न्युज 
वीरगन्ज, २ बैशाख । होटल कुमु प्यालेसका कुवेर कार्की बिहीबार १० बजे बैंक खुलेपछि चेक साट्न जानुभयो । बैंक खुलीसकेको थियो । कारोबार सुरु हुने तयारीमा थियो । तर, उहाँले लिएर गएको चेकमा मितिमा केही फरक परेपछि उहाँ चेक सच्याउन होटलमा फर्किनुभयो । मिति सच्याएर बैंक पुग्दा बैंक बन्द भईसकेको थियो । प्रदेश २ सरकारले जुडशीतलको सार्वजनिक विदा दिएको सूचना आएपछि बैंकहरु धमाधम बन्द गर्न थाले । साटिन लागेको चेक पनि कार्कीले साट् पाउनुभएन ।


जिल्ला समन्वय समिति पर्साका समन्वय अधिकारी छविरमण भट्टराई साथीको भेटघाट गर्न जानुभएको थियो । कार्यालय समयमा आईपुग्नुपर्छ भनेर बिहानै साथीसँग विदा मागेर हिड्नुभयो । बाटोमा आएर सामाजिक सञ्जाल मार्फत उहाँले आज सार्वजनिक विदा भएको जानकारी पाउनुभयो । सार्वजनिक विदाको सूचना थाहा पाएपछि भट्टराईलाई सहन नसक्ने रिस उठ््यो । उहाँले सामाजिक सञ्जाल फेसबुक मै आफ्नो आक्रोश सार्वजनिक गर्नुभयो ।


उहाँको आक्रोश स्वभाविक थियो । होटल व्यवसायी कुवेर कार्की र सरकारी कर्मचारी छबिरमाण भट्टराईलाई मात्रै होईन । यस्तो समस्या बिहीबार हरेकलाई भयो । बैशाख २ गते परेको मिथिल्लाञ्चलमा मनाईने जुडशीतल पर्वमा प्रदेश २ सरकारले सार्वजनिक विदाको ढिलो सूचना जारी गर्दा आम नागरिकलाई भने सास्ती खेप्नुप¥यो । सरकारले पर्वको सार्वजनिक विदा दिने निर्णय एकदिन पहिले नै गर्ने गरेपनि जुडशीतल पर्वको बिहीबार मात्रै ढिलो गरी सार्वजनिक सूचना प्रदेश सरकारको कानून तथा आन्तरिक मामिला मन्त्रीले जारी ग¥यो ।

बुधबार बैशाख १ गते नयाँ बर्षको सार्वजनिक विदा भएकोले नयाँ बर्ष मनाउन गन्तव्यमा पुगेका सरकारी कर्मचारीहरु हतार हतारमा कार्यालय फर्किने क्रममा थिए । आम नागरिकहरु पनि दैनिक सरकारी कार्यालयमा कामका लागि आउने क्रममा थिए । बैंक तथा वित्तीय संस्थाहरुमा कारोबारका लागि जाने क्रममा थिए । तर, एक्कासी प्रदेशका कानून तथा आन्तरिक मामिला मन्त्री ज्ञानेन्द्र यादवले आज (बिहीबार) सार्वजनिक विदाको सूचना जारी गरेपछि एकछिन अन्योलता छायो । खुला भएका बैंक तथा वित्तीय संस्थाहरु एकाएक बन्द हुन थाले ।


मन्त्रीको निजी सचिवालयबाट सूचना सार्वजनिक भएपनि जिल्ला प्रशासन कार्यालय पर्साले पनि एक सूचना जारी गरेर बिहीबार सरकारी कार्यालयहरु बन्द रहने जानकारी गरायो । सरकारी कामकाजका लागि कार्यालयमा आईपुगेका र कार्यालय आउन बाटोमा रहेकाहरुपनि आधा बाटोबाटै फर्किनुपर्ने बाध्यता रह्यो । सरकारकै दोधारको व्यवहारले आमनागरिकमा भने आक्रोस उत्पन्न भएको छ । सरकारको यस्तो क्रियाकलापले आम नागरिकको समय मात्रै बर्बाद भएन उनीहरुको काममा समेत बाधा पुगेको छ ।