रामनवमीको अवसरमा प्रदेश २ मा सार्वजनिक विदा 

रामनवमीको अवसरमा  प्रदेश २ मा सार्वजनिक विदा 

वीरगन्ज, ७ बैशाख । प्रदेश नम्बर २ ले भोली बुधबार सार्वजनिक विदा दिने भएको छ । प्रदेश नम्बर २ को मुख्यमन्त्रीको कार्यालयले सूचना जारी गर्दै बुधबार रामनवमीको अवसरमा सार्वजनिक विदा दिने जानकारी गराएको हो ।

मुख्यमन्त्री लालबाबु राउत गद्दीले हिन्दूधर्मावलम्वीको आरध्य मर्यादा पुरुष रामको जन्मवोत्सवको अवसरमा शुभकामना दिदै बैशाख ८ गते सार्वजनिक विदा दिएको सूचनामा जनाईएको छ ।

साथै कोरोना भाईरस महामारीको विषम परिस्थितिमा स्वास्थय मापदण्डहरु पालन गर्न र सरकारले जारी गरेको निर्देशिकाहरु पालना गर्न समेत अनुरोध गरेको छ ।