युवा संघ नेपाल पर्साले स्थापना दिवस मनाउने 

युवा संघ नेपाल पर्साले स्थापना दिवस मनाउने 

वीरगन्ज, ७ बैशाख । नेपाल कम्युनिष्ट पार्टी एमाले (माधव–झलनाथ) समूहको युवा संघ नेपाल पर्साले पार्टीको स्थापना दिवस मनाउने निर्णय गरेको छ । संघको मंगलबार बसेको आकस्मिक बैठकले नेकपा एमालेको बैशाख ९ गते स्थापना दिवस मनाउने निर्णय गरेको हो ।

युवा संघका अध्यक्ष भूपेन्द्र साहको अदक्षयतामा बसेको बैठकले पार्टीको स्थापनाको उपलक्ष्यमा बैशाख ९ गते मानव सेवा आश्रममा फलफूल तथा मास्क, सेनिटाईजर लगायतका समान वितरण गर्ने र पर्सा जिल्लाको हरेक स्थानीय  तहमा  कमिटी गठन गर्ने निर्णय गरेको छ ।

बैठकमा युवा संघका केन्द्रीय सदस्यहरु अनिल पटेल, संजु चौधरी, आलम अंसारी, राज कुमार सर्राफ लगायत जिल्ला कमिटीका पदाधिकारीको उपस्थिति रहेको सह–सचिव आकाश पटेलले जनकारी दिनुभयो । बैठक वीरगन्जको रेलवे कटेज होटलमा बसेको थियो ।