अपांगता भएकाहरु महानगरको उच्च प्राथामिकतामा : नगर प्रमुख सरावगी 

अपांगता भएकाहरु महानगरको उच्च प्राथामिकतामा : नगर प्रमुख सरावगी 

वीरगन्ज, १५ असोज । वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले अपांगता भएकाहरु म्हानगरपालिकाको उच्च प्राथामिकतामा रहने बताउनु भएको छ ।

अन्तर्राष्ट्रिय सांकेतिक भाषा दिवस तथा पर्सा बहिरा संघको ११ औं साधारणसभाको उदघाटन गर्दै प्रमुख अतिथि महनगर प्रमुख सरावगीले महानगरपालिकाले मानवतासँग जोडिएको अपांगता भएकाहरुको विषयमा स्थानीय सरकार गम्भीर रहेको र उनीहरुको समग्र विकासको लागि महानगर सधैं अगाडि रहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

पर्सा बहिरा संघका अध्यक्ष सुमन श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रमका बिशिष्ट अतिथि उपमेयर शान्ती कार्की, विद्यालय व्यवस्थापन समितिका सदस्य अजय साह, नेपाल पत्रकार महासंघ स्रोत शिक्षक राजकिशोर प्रसाद कानु लगायतकाको उपस्थिति रहेको थियो ।

स्वागत मन्तव्य र कार्यक्रम सन्चालन पर्सा बहिरा संघका दोभासे अर्चना कर्णले गर्नु भएको थियो । ११ औं साधारणसभाले पुनः एक कार्यकाललाई सगुन श्रेष्ठलाई अध्यक्षमा चयन गरेको छ । ९ सदस्यीय कार्यसमितिको उपाध्यक्षमा समिक्षा सापकोटा,

सचिवमा अजय कर्ण, कोषाध्यक्षमा जुलफकार अन्सारी, सदस्यमा प्रभात मिश्र, सिल्पा कर्ण, रुपलाल भगत कोईरी, जगदीश कम्ती र उमेश गुप्ता रहनु भएको अर्चना कर्णले जानकारी दिनुभयो ।

२०६७ सालमा बहिरा संघ स्थापना भएको ९ बर्षको संघर्षपछि महानगरपालिका नगर प्रमुख सरावगीको तत्परताले विद्यालय स्थापना भएको हो । बहिरा विद्यार्थीहरुको लागि दोभाषेको अत्यन्त आवश्यक रहेको विद्यालयका स्रोत शिक्षकको भनाई छ ।