वीरगन्जमा शनिबार थप २ जना काेराेना संक्रमितकाे मृत्यु

वीरगन्जमा शनिबार थप २ जना काेराेना संक्रमितकाे मृत्यु

वीरगन्ज, १८ बैशाख । वीरगन्जमा शनिबार थप दुईजना काेराेना संक्रमितकाे मृत्युु भएको छ । नेशनल मेडिकल कलेजले संचालन गरेकाे बाबा हाेटल अस्थायी काेभिड अस्पताल र नारायणी अस्पतालमा गरि दुईजनाकाे काेराेना संक्रमणका कारण मृत्यु भएको हाे ।                                       वीरगन्ज वडा नम्बर।७ काे ६० बर्षीया महिलाकाे शनिबार बिहान मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साका काेभिड सम्पर्क व्यक्ति विनय श्रीवास्तवले जानकारी दिनुभयाे । मृतक महिलाकाे काेराेना पाेजिटिभ अाएकाे थियाे ।                                                                     त्यस्तै शनिबार नारायणी अस्पतालमा वीरगन्ज वडा नम्बर ८ का ७० बर्षीय पुरूषकाे मृत्यु भएको नारायणी अस्पतालका काेभिड संयाेजक डाक्टर सराेजराेशन दासले जानकारी दिनुभयाे ।