उपभोत्ता हित संरक्षण मञ्ज वीरगन्ज महानगरद्वारा प्रजिअलाई ज्ञापनपत्र
वीरगञ्ज, १२ असोज । उपभोत्ता हित संरक्षण मञ्च वीरगन्ज महानगर कमिटिले जिल्ला प्रशासन कार्यालय पर्सामा ज्ञापनपत्र बुझाएको छ । अवैधानिक रुपमा मापदण्ड विपरितका ग्याँस सिलिण्डरको आयोत गरि बिक्री गरेको भेटिएका उद्योगहरुलाई कालाबजारी ऐन अनुसार कारवाहीको माग गर्दै जिल्ला प्रशासन कार्यलय पर्सामा प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीलाई ज्ञापनपत्र बुझाएको हो ।
मञ्चका अध्यक्ष अजित कुमार भुजेलको नेतृत्वमा गएको टोलीले प्रजिअ रेग्मीलाई ज्ञापनपत्र बुझाउदै भदौ २९ गते अनुगमन टोलीले अनुगमन गर्ने क्रममा मनोज ग्यास उद्योग प्रालिले १४.२ केजी ग्याँस सिलिण्डर भन्दा बढी तौलको सिलिण्डरहरु जडान गरेको पाईएको र अन्य उद्योगहरुलाई समेत आपूर्ति गरेको पाईएकोले उक्त सिलिण्डर जफल गरी उपभोत्ता संरक्षण ऐन, २०७५ बमोजिम कारवाही गर्न निवेदन दर्ता गराएको भन्दै व्यावसायिक स्वार्थलाई मात्रै ध्यानमा राखेर गैर कानूनी क्रियाकलाप गर्नेलाई कारवाहीको माग गरेको हो ।
अनुगमनका क्रममा विभिन्न उद्योगहरुमा मापदण्ड विपरितका सिलिण्डरहरु फेला परेको नेपालको प्रचलित कानून सामाजिक अपराध ऐन, बमोजिम कारवाही गर्नुपर्ने माग राखेको छ ।