चार आर्थिक बर्षमा पर्साका स्थानीय तहले सवारी साधन करको रकम कस्ले कति पाए ?

चार आर्थिक बर्षमा पर्साका स्थानीय तहले सवारी साधन करको रकम कस्ले कति पाए ?

वीरगन्ज, ३१ जेठ । मुलुक संघीय संरचनामा गएपछि गठन गरिएको प्रदेश र स्थानीय तहको सरकारहरुलाई राजस्व बाँडफाँड कसरी होला भन्ने चासो, जिज्ञासा सबैलाई भएको हो । संघीयताको पहिलो अभ्यासमा गठन गरिएको सरकारहरुबीच राजस्व बाँडफाँडमा भन्दापनि शक्ति सन्तुलन र समन्वयनमा नै बढी विवाद देखियो । २०७८ बैशाख ३० गते सम्म स्थानीय तहको निर्वाचनपछि दोश्रो कार्यकालको स्थानीय सरकार गठन भएको पनि एक बर्ष पूरा भएको छ ।

पहिलो कार्यकालको प्रदेश सरकारले संकलन गरेको सवारी सधान करको स्थानीय तहहरुले कसरी कति प्राप्त गरे ?  सवारी साधन कर प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत संकलन गरिने र स्थानीय कुन स्थानीय तहको व्यक्तिले कति कर तिरेको छ भन्ने आधारमा राजस्व वाँडफाँड गरिन्छ ।  पहिलो स्थानीय सरकारको कार्यकालमा राजस्वय बाँडफाँड मध्य सवारी करमा पर्साका कुन स्थानीय तहले कति सवारी कर बापत रकम प्राप्त गरेका छन् ? त्यसको विवरण विस्तृत तलको तालिकामा दिईएको छ :

क्र.सं. स्थानीय तह  आ.ब.०७५/७६  आ.ब.०७६/७७ आ.ब.०७७/७८ आ.ब.०७८/७९
वीरगन्ज महानगरपालिका  १८८.२५ लाख  ९९.०१ लाख, २७०.१३ लाख २७६.०५ लाख
पोखरिया नगरपालिका  २४.०८ लाख १२.७५ लाख ३४.८५ लाख  ३४.४६ लाख
बहुदरामाई नगरपालिका  २५.४४ लाख  १३.७० लाख  ३७.६२ लाख  ३७.१९ लाख 
पर्सागढी नगरपालिका  ३८.१४ लाख  १९.८८ लाख  ५४.१४ लाख  ५३.५३ लाख
ठोरी गाउँपालिका  २५ं२३ लाख १३.४३ लाख ३६.७५ लाख ३६.३३ लाख 
जगरनाथपुर गाउँपलिका  २५.९९ लाख १३.९७ लाख  ३८.३३ लाख  ३७ं.८९ लाख
धोबिनी गाउँपालिका  १५.३४ लाख  ८.४१ लाख  २३.१८ लाख  २२.९२ लाख
छिपहरमाई गाउँपालिका  १८.९६ लाख ९.९० लाख  २६.९५ लाख २६.६४ लाख 
पकाहामैनपुर गाउँपालिका  १७.१३ लाख ८.९२ लाख  २४.३० लाख २४.०२ लाख
१० बिन्दवासिनी गाउँपालिका  १९.५९ लाख  १०.२१ लाख २७.७९ लाख २७.४८ लाख
११ सखुवा प्रसौनी गाउँपालिका ३१.४८ लाख  १६.८० लाख ४६.०० लाख  ४५.४७ लाख
१२ पटेर्वा सुगौली गाउँपालिका  २३.८० लाख १२.४० लाख  ३३.७३ लाख  ३३.३५ लाख 
१३ कालिकामाई गाउँपालिका  १७.०९ लाख  ८.९१ लाख २४.२५ लाख २३.९७ लाख
१४ जीराभवानी गाउँपालिका  २२.८२ लाख  ११.८६ लाख  ३२.२६ लाख  ३१.८९ लाख