युवा समाज पिपराले आयोजना गरेको रक्तदानमा २ महिला सहित ७१ जनाद्वारा रक्तदान

युवा समाज पिपराले आयोजना गरेको रक्तदानमा २ महिला सहित ७१ जनाद्वारा रक्तदान

ट्रिव्यून न्यूज 
वीरगन्ज, २२ फागुन । युवा समाज पिपराद्वारा आज रक्तदानको आयोजना गरेको छ । वीरगन्ज महानगरपालिका वडा नम्बर १४ स्थित उच्च अदालतको अस्थायी इजलास नजिकै आयोजना गरिएको रक्तदान कार्यक्रममा रक्तदान कार्यक्रममा यो समाचार तयार पार्दासम्म दुई महिला सहित ७१ जनाले रक्तदान गरेका छन् ।

कार्यक्रममा सीमा पटेल, सुनिता श्रेष्ठ, प्रताप कुमार पटेल, हृदयनारायण पटेल, विजय नकर्मी, रञ्जित कुमार चौरसिया, राजकुमार दास, कृष्णदेव पटेल, रविन्द्र पटेल, मुकेश कुमार कुर्मी, तेज बहादुर शाही, श्रीराम पटेल लगायतले रक्तदान गरेको रक्तसञ्चार केन्द्र वीरगन्जका प्राविधिक प्रमुख शौरभराज पाण्डेले जानकारी दिनुभयो । रक्तदान कार्यक्रमको वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले उदघाटन गर्नुभएको थियो । कार्यक्रमको उदघाटन मन्तव्य व्यक्त गर्दै महानगर प्रमुख सरावगीले रगतमा कुनै जात, धर्मको भिन्न नहुने बताउनुभयो ।

उहाँले सामाजिक सेवाले नै मानिसलाई भावनात्मक एकता गर्न बल पुग्ने भन्दै सामाजिक कार्यमा जुट्न सबैलाई आग्रह गर्नुभयो । उहाँले महानगरपालिकाले वडा नम्बर १४ पिपरामा पनि एउटा मनोरञ्जन पार्क निर्माण गर्ने सोच बनाएको भन्दै त्यसलाई स्थानीयको संरक्षणमा नै संचालन गर्ने गरि निर्माण गरिने बताउनुभयो । युवा समाज पिपराका अध्यक्ष अनिल पटेलको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा वीरगन्ज महानगर कमिटि अध्यक्ष रहबर अन्सारी

नयाँवस्ती टोल सुधार समितिका अध्यक्ष हरि गौतम, नेपाल पत्रकार महासंघ प्रदेश नम्बर २ का अध्यक्ष केसी लामिछाने, रक्तसञ्चार केन्द्र वीरगन्जका प्राविधिक प्रमुख शौरभराज पाण्डे लगायतले शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा वडा नम्बर १४ का वडा अध्यक्ष भरत कुर्मी, प्रेस संगठन नेपाल पर्साका संयोजक निरज पिठाकोटे, नेपाली कांग्रेसका स्थानीय नेता रामनारायण कुर्मी लगायतको उपस्थिति रहेको थियो ।