वीरगन्जमा ३ जनामा कोरोना संक्रमण पुष्टि
ट्रिब्यून न्युज
वीरगन्ज, २४ फागुन । वीरगन्जमा तीनजनामा कोरोना भाईरस संक्रमण कोभिड–१९ पुष्टि भएको छ । पर्साबाट संकलन गरिएको नमूना स्वाबको वीरगन्जको नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा तीनजनामा कोरोना संक्रमण भेटिएको नारायणी अस्पतालका कोभिड कोआर्डिनेटर डाक्टर सरोजरोशन दासले जानकारी दिनुभयो ।
संक्रमण भेटिएकाहरु तीनैजना वीरगन्ज महानगरपालिका वडा नम्बर ५ का रहेका छन् । ७२ बर्षीय एकजना पुरुष, ४० र ६० बर्षका दुईजना महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।
उनीहरुको संक्रमण सार्न सक्ने सिटी भ्यालु २९ देखि ३० रहेको डाक्टर दासले बताउनुभयो । वीरगन्जमा लामो समयपछि फेरी तीनजनामा कोरोना संक्रमण देखा परेको हो । पर्सामा कोरोना संक्रमणका कारण ५१ जनाको मृत्यु भईसकेको छ ।