दशैंको बेलामा पर्सामा २२ वटा दुर्घटना, २ जनाको मृत्यु ३८ जना घाईते

वीरगन्ज, ११ कार्तिक । यो दशैंमा पर्सामा विभिन्न २२ वटा दुर्घटना भएका छन् । दशैंको सप्तमीदेखि विजयादशमीसम्ममा दुईपांग्रे, तीनपांग्रे र चारपांग्रे सवारी साधनहरु गरी जम्मा २२ वटा दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले जनाएको छ ।
पर्सामा दशैंको समयमा मोटरसाईकल २३ वटा, कार ७ वटा, दुईवटा ट्रक र दुई वटा साईकल तथा अटो ३ वटा दुर्घटना भएको ट्राफिक प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ । दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । भने, ३८ जना घाइते भएका छन् ।
यसैगरी ट्राफिक नियम उल्लंघन गरी चलाएका २२ वटा सवारी साधनहरुबाट ३ लाख ५७ हजार राजस्व समेत संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक भाष्कर खटिवडाले जानकारी दिनुभयो । यो दशैंमा गतबर्ष भन्दा कमै दुर्घटना भएको ट्राफिक प्रहरी निरीक्षक खतिवडाको भनाई छ ।