बारा क्षेत्र नम्बर ४ बाट माओवादी केन्द्रका दाहालको एकल नाम सिफारिस
वीरगन्ज, २१ भदौ । नेकपा माओवादी केन्द्र बारा क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवार सिफारिस टुंगिएको छ । पार्टीको क्षेत्र नम्बर ४ को बैठकले प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ४ का लागि संविधानसभा सदस्य जयराम दाहालको एकल नाम सिफारिस गरेको छ ।
बैठकले प्रतिनिधिसभाको समानुपातिकतर्फ राजेन्द्र्र महरा, रामाकान्त महतो र हिरा मण्डलको नाम सिफारिस गरेको छ । त्यस्तै प्रदेशसभा ख को प्रत्यक्षतर्फ राजु देवानको एकल नाम सिफारिस गरेको छ ।
समानुपातिकतर्फ भने छोटेलाल कुर्मी र विवेक कुमार साहको नाम सिफारिस गरेको छ । विद्यार्थी राजनीतिबाट उदाएका युवा नेता विवेक कुमार साहको बारा क्षेत्र नम्बर ४ को ख मा समानुपातिकतर्फ ३ वटा पालिकाले सिफारिस गरेको छ ।
परवानीपुर गाउँपालिकाकाबाट साह सहित निर्मल प्रसाद गुप्ता, भिखारी साह र इम्तियाज आलमको नाम सिफारिस गरिएको पार्टीको गाउँपालिका अध्यक्ष लालबहादुर पटेलले जानकारी दिनुभयो ।