नेपाली कांग्रेस पर्साको प्रदेसभा निर्वाचन क्षेत्र नम्बर २ ख मा उपाध्याय निर्वाचित
वीरगन्ज, १३ मंसिर । नेपाली कांग्रेस पर्साको प्रदेशसभा निर्वाचन क्षेत्रकोे क्षेत्रीय अधिवेशन हिजो सम्पन्न । क्षेत्र नम्बर २ ख ३ ख मा हिजो निर्वाचन सम्पन्न भएको हो ।
गएराति अवेर आएको मत परिणाम अनुसार प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर २ को (ख) को सभापतिमा शैलेन्द्र उपाध्याय, उपसभापतिमा प्रमानन्द साह कानु र प्रदीप कुर्मी, सचिवमा मनोज साह, गोपाल प्रसाद कुर्मी निर्वाचित भएका छन् ।
त्यस्तै सहसचिवमा अरविन्द प्रसाद साह कानु र महन्थ यादव निर्वाचित भएको नेपाली कांग्रेस पर्साका सचिव श्याम पटेलले जानकारी दिनुभयो । आज प्रतिनिधिसभा निर्वाचन क्षेत्रको उम्मेद्वारी दर्ता हुने र भोली निर्वाचन हुने सचिव पटेलले बताउनुभयो ।
यसअघि प्रदेशसभा क्षेत्र नम्बर २ को (क), निर्वाचन क्षेत्र नम्बर ३ को (क), क्षेत्र नम्बर ४ को (क) र (ख) मा सहमतिमा पदाधिकारी चयन भएका छन् । क्षेत्र नम्बर १ को क र ख मा निर्वाचन प्रकृया आजबाट शुरु हुने नेपाली कांग्रेसका युवा नेता दिलिपराज कार्कीले जानकारी दिनुभयो ।