जबरजस्ती करणी आरोपमा प्रभु साह र विक्रम पटेल पक्राउ 

जबरजस्ती करणी आरोपमा प्रभु साह र विक्रम पटेल पक्राउ 

वीरगन्ज, १३ मंसिर । पर्सा प्रहरीले जबरजस्ती करणी आरोपमा दुईजनालाई पक्राउ गरेको छ । अभिभावक नभएको समयमा मंसिर ११ गते साँझ साढे सातबजे १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा पर्साको जीराभवानी गाउँपालिका वडा नं. २ बस्ने वर्ष २० को प्रभु साह कानूलाई प्रहरीले पक्राउ गरेको हो ।

मंसिर ११ गते साँझ पीडितको घरमा प्रवेश गरी जबरजस्ती करणी गरेको भन्ने अभियोगमा प्रभु साहलाई मंसिर १२ गते नियन्त्रणमा लिई जबरजस्ती करणी कसूरमा दिन ७ म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

त्यसतै एक १७ वर्षीया पीडित बालिकालाई अनुचित प्रभाव र दबाबमा पारी विवाह गर्ने प्रलोभन देखाई जबरजस्ती करणी गरेको आरोपमा पर्साको वीरगन्ज महानगरपालिका वडा नम्बर ७ बस्ने बिक्रम पटेललाई पनि पक्राउ गरेको छ ।

मंसिर १० गते अन्दाजी ५ बजे पीडितकै घरबाट बीरगञ्ज महानगरपालिका वडा नं.२४ टोलस्थित सिर्सिया खोलाको किनारमा रहरबारीमा लगी सोही दिन राति ११ बजे करणी गरेको अभियोगमा पीडित बालिकाको अभिभावकको जाहेरी दर्खास्तको आधारमा

वीरगन्ज उपमहानगरपालिका वडा नम्बर ७ रामटोल बस्ने वर्ष २१ को बाबु भन्ने बिक्रम पटेल कुर्मीलाई गरी जबरजस्ती करणी मुद्दामा पर्सा जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।