कोभिड १९ को महामारी वीचमा श्रमिक र मे दिवस
दिनेश राई
केन्द्रीय सदस्य नेकपा एमाले
विश्व पृष्ठभूमि :
औद्योगिक क्रान्ति शुरु भएपछि, खास गरि अमेरिका, युरोपका लगायत देशहरुमा व्यापक कालकारखानाहरु स्थापना भएको इतिहास अध्ययन गर्न पाइन्छ । ती उद्योगहरुमा लाखौं लाख मजदुर श्रमिकहरु काममा सहभागी रहेको थियो । त्यस समयमा मजदुरहरुले दैनिक १८/१८ घण्टा काममा जबर्जस्ती सहभागी हुनु पर्दथ्यो । यो विभेदको विरुद्धमा मजदुरहरु संगठित हुँदै अधिकार प्राप्त गर्ने संघर्ष शुरु गरेको इतिहास अध्ययन गर्न पाइन्छ ।
मे दिवस अधिकार प्राप्त भएको दिनको सम्झनामा हरेक वर्षको मे १ दिन संसारका सबै मेहेनती श्रमिकहररुले हर्षोउल्लासका मनाउने विश्वको श्रमिकहरुको महान पर्व हो । सन् १८८६ देखि लगातार ४ वर्ष सम्म सिकागो औद्योगिक शहरका श्रमिक मजदुरहरुले ८ घण्टा कार्य दिन, ८ घण्टा आराम र ८ घण्टा मनोरञ्जनको माग राखेर वीरतापुर्वक संघर्ष गरेको दिनको विशेष सम्झनामा मे दिवस मनाइन्छ । सन् १८९० को मे ४ दिन शिकागो औद्योगिक शहरको हे मार्केटमा लाखौं मजदुरहरु भेला भए र त्यो भेलामा प्रहरी ले जबर्जस्ती ढंगले दमन गरे जसमा वम, गोली प्रहर गरेर ८ जना मजदुरलाई मारिदिए । ६० जना भन्दा वढी घाइते बनाए भने कैयौं मजदुरलाई प्रकाउ गरेको र त्यस मध्ये ४ जना मुख्य आन्दोलनका अगुवाइ गर्ने मजदुरहरूलाई फांसीको सजाय दिएको दुखद दिन हो मे १ ।
त्यो बलिदानपुर्ण संघर्षको जगमा ८ घण्टा कामको माग त्यस समयका शासक वर्गहरुले मजदुर माग पूरा गर्न बाध्य भए । त्यसपछि सन् १८९१ मा कम्युनिष्ट पार्टीको देस्रो अन्तर्राष्ट्रिय महाधिवेशनबाट संसारका मजदुर एक हौ भन्ने नारा पास गर्दै मजदुर श्रमिकहरुको आन्दोलन सफलता पाएको दिन मे १ लाई विश्वभर विजय उत्सवको रुपमा मनाउने घोषणा भएपछि मे दिवस मनाउन शुरु भएको इतिहास रहेको छ । सन् १८४८ मा कार्ल माक्स र एङ्गेल्सले विश्व कम्युनिष्ट घोषणा पत्र घोषणा गर्दा मजदुरहरुको हक, हित तथा अधिकारको सन्दर्भमा समेत उल्लेख गरेको पाइन्छ । मेरो विचारमा त्यही घोषणा पत्रको आधारमा मजदुरहरुले आफ्नो अधिकार प्राप्त गर्न सफल भएको हो ।
नेपालको सन्दर्भमा मे दिवस :
खासगरि नेपालमा औद्योगिक विकास शुरुआत वि.सं. १९९४ बाट विराटनगर रघुपति जुट मील स्थापना संगै भएको पाइन्छ । त्यस समयवाट उद्योगमा काम गर्ने मजदुर श्रमिकहरुको काममा प्रवेश भएको देखिन्छ । त्यसको ९ वर्ष पछि २००३ फागुन २०(२१ मा नेपालको ट्रेड युनियन आन्दोलन शुरु भएको इतिहास भेटिन्छ । त्यस अवधिमा राणा शासन थियो । २००७ मा प्रजातन्त्र स्थापनाको आन्दोलनमा मजदुरहरुको उल्लेखनीय भुमिका रहेको पाइन्छ । २०१५ मा पहिलो बहुदलीय निर्वाचन बाट निर्वाचित नेपाली कांग्रेसको नेतृत्वको सरकारले २०१६ मा पहिलो श्रम ऐन को रुपमा कारखाना तथा कारखानामा काम गर्ने मजदुर सम्बन्धि ऐन २०१६ जारी गरेको र यो नै पहिलो श्रम सम्बन्धि ऐन रहेको छ ।
त्यसपछि २०१७ निरंकुश पंचायती व्यवस्था नेपाली जनतामा थोपरे पछि, युनियन आन्दोलन लगायत राजनीतिक दलहरुलाई प्रतिबन्ध लगाएको थियो । तर २०२२ मा न्युनतम ज्याला सरकारले लागू गरेको पाइन्छ । २०३६ मा युनियन दर्ताको माग र संगठन स्वतन्त्र सहित बहुदलीय व्यवस्था पुन स्थापनाको माग राख्दै नेपाल स्वतन्त्र मजदुर युनियनले मजदुरहरुलाई संगठित गर्ने काम गरेको थियो । २०४६ को जनआन्दोलनमा मजदुर श्रमिकहरुको व्यापक सहभागिता थियो र प्रजातन्त्र पुनः स्थापना भयो ।
२०४८ मा श्रम ऐन जारी भयो र २०४९ मा ट्रेड युनियन ऐन जारी भयो । यो श्रम आन्दोलनको इतिहासमा पहिलो पटक युनियन दर्ता गर्न पाउने ऐन बनेको हो । २०५० बाट युनियन दर्ता शुरु भयो । नेपालको ट्रेड युनियन आन्दोलन आधिकारिक दर्ताको हैसियतले २८ वर्षको अवधि पूरा गर्दैछ । यस बीचमा ट्रेड युनियन महासंघहरु गठन तथा दर्ता हुने काम भएको र अन्तर्राष्ट्रिय ट्रेड युनियन महासंघको नेपाल आवद्ध कमिटी गठन गरिएको छ । नेपालका सबै ट्रेड युनियन महासंघहरु जिफन्ट, अन्टुफ, एनटीयुसी, कोनेप लगायतका महासंघहरुको सहभागीतामा संयुक्त ट्रेड युनियन समन्वय केन्द्र ९ वतगअअ० गठन गरि राज्यको निकायहरुमा श्रमिकहरुको प्रतिनिधिको रुपमा सहभागी हुने बैधानिक व्यवस्था कायम गरिएको अवस्था छ । साथै श्रमिकहरुको सामाजिक सुरक्षा कोष अभियान समेत शुरु भएको अवस्था छ ।
स्मरण गरौं २०३६–२०४६ सम्म श्रमिकहरुले मे दिवस मनाउन धेरै कठिन थियो । त्यस समयका शासकहरुको सुरक्षा प्रहरीले थाहा पायो भने गिरफ्तार गर्ने र गोली समेत हान्ने थियो । त्यस समयका सरकारका पक्षधर नेपाल मजदुर संगठन ले निरंकुश पञ्चायती व्यवस्थाको पक्षपोषण गरेर श्रमिक अधिकारलाई कुण्ठित गर्न प्रयास गर्दथे । तर २०४६ मा प्रजातन्त्र पुन स्थापना भए पछि २०४७ को १०० औं अन्तर्राष्ट्रिय श्रमिक दिवस देशको बिराटनगर, वीरगन्ज, हेटौडा, काठमाडौं, पोखरा, बुटवल, नेपालगन्ज लगायतका आधोगिक क्षेत्रमा भव्य रुपमा खुल्ला रुपमा मे दिवस कार्यक्रम सम्पन्न भएको थियो र मे १ दिन सरकारले श्रमिकहरुलाई सार्वजनिक विदा समेत दिएको ऐतिहासिक पक्ष रहेको छ ।
श्रमको क्षेत्रमा कोभिड १९ असर :
विश्वभरि फैलिएको महामारी रोग कोभिड १९ ले विश्वका श्रम क्षेत्रमा अत्यन्तै गम्भीर र नकारात्मक प्रभाव पारेको देखिन्छ । सन् २०१९ को डिसेम्बर ३१ मा देखा परेको कोभिड १९ भाइरस रोगले संसारका सबै देशमा संक्रमित बनाएको छ । यसको विश्वभरिका अवस्थाको आंकलन गर्ने हो भने, सन् २०२० मा २९।२३५ तथा लगभग २५० मिलियन श्रमिकहरुले रोजगारि गुमाएका छन् भने, ५.६५ सम्म श्रमिकहरुको आम्दानी ह्रास भएको देखिन्छ । साथै सन् २०२१ को यस अवधिमा १३० मिलियन भन्दा वढी श्रमिकहरुको रोजगारीको अवस्था जोखिम पुगेको देखिन्छ ।
खासगरि कोभिड १९ को महामारी रोगले हाम्रो श्रम क्षेत्रमा ठूलो समस्या र चुनौती खडा गरिएको छ । श्रमिकको काम क्षेत्रहरु वृद्धि हुन सकिरहेको छैन । तर कोभिड १९ को बाहना बनाइ केही दलाल रोजगारदाताहरुले युनियनमा संलग्न हुनेहरुलाई रोजगारीबाट बञ्चित गराउने काम समेत भएको देखिन्छ । यस अवधिमा २२५ भन्दा वढी श्रमिकहरुले आफ्नो रोजगारी गुमाएका छन् । कोभिड १९ रोग व्यापक फैलिएर जाने हो भने अरु थप श्रमिकहरुको रोजगारी गुम्ने अवस्था रहेको छ ।
कोभिड १९ को महामारीको बीचमा कार्यभार :
अब हामीले विशेष रुपमा श्रमिकहरुको अवस्थामा कोभिड १९ ले पुराएको पुराएको समस्या र प्रभावको बारेमा ध्यान पु¥याउन जरुरी छ । यसको लागि राज्य , रोजगारदाता र ट्रेड युनियनहरुले तपसिल बमोजिम ध्यान पु¥याउन जरुरी छ ।
१. श्रमिकहरुको उचित रुपमा तलव वृद्धि गर्नु पर्छ ।
२. श्रमिकहरुको काम गर्ने क्षेत्र वा कार्यथलो सुरक्षित र मर्यादित बनाउनुपर्छ ।
३. राज्यले लगानीको क्षेत्रमा विस्तार गरि रोजगारी सृजना गर्नु पर्छ ।
४. विभिन्न क्षेत्रमा सार्वजनिक लगानी गरि स्वरोजगर सृजना गर्ने कार्यक्रम सञ्चालन गर्नुपर्छ ।
५. सामाजिक सुरक्षा कोषलाई अझ प्रभावकारी बनाउनुपर्छ ।
६. एक रुपता श्रमिकहरुलाई कोभिड १९ रोकथामको लागि कोभ्याक्स भ्याक्सिनको दुवै डोज यथाशीघ्र उपलब्ध गर्नुपर्छ ।
७. राज्यबाट श्रमिकहरुको लागि सुरक्षा सुविधाको प्याकेज घोषणा गर्नुपर्छ ।
अन्तमा मे दिवस र १३२ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको यस अवसरमा सबै श्रमिक मित्रहरु र देश विदेशमा रहनु हुने दाजुभाइ दिदीबहिनी हरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।