सहयात्रीको १६ औ वार्षिक साधारण सभा सम्पन्न

वीरगन्ज, ६ मंसिर । पर्सागढि नगरपालिका वर्डा नं. ४ मा रहेको सहयात्री बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६ औ वार्षिक साधारण सभा बुधबार सम्पन्न भएको छ ।
साधाराणसभाको प्रमुख अतिथि नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा पर्सा क्षेत्र नं २ सांसद अजयकुमार चौरसियाले उदघाटन गर्नुभएको थियो । उहाँले सहकारी संस्थाले अझै उन्नति प्रगति गरोस् भन्ने शुभकामना व्यक्त गर्दै सहकारी संस्थाको ब्यवस्थापन राम्रो भएर नै यस्तो संकटकालिन अवस्थामा पनि सहकारी सफल रहेको बताउनुभयो । उहाँले आगामी दिनमा समितिका पदाधिकारीहरुले लगानी गर्दा ध्यान दिनुपर्ने पनि सुझाव दिनुभयो ।
प्राय ः सहकारी संचालकहरु अहिले सर्वसाधारणको पैसा लिएर भागिरहेको घटनाहरु देखिएको र यसको मुख्य कारण नै उचित ठाउँमा लगानी र व्यावस्थापन समिति राम्रो नभएकोले भएको बताउनुभयो । संस्था खोल्नु ठुलो कुरा नभई त्यसलाई चलाउनु ठुलो कुरा रहेको भन्दै उहाँले सहयात्री बचत तथा सहकारी संस्था यसपक्षमा सफल रहेकोमा बधाई समेत दिनुभयो ।
कार्यक्रममा बिशिष्ट अतिथि प्रदेश सभा सदस्य श्याम पटेल संसदीय बिकासको पैसा अदालतको फैसलाले चलाउन आदेश गरेमा संस्थाको निर्माणाधिन भवन बनाउन सक्दो सहयोग गर्ने आश्वासन दिनुभयो ।
त्यसैगरी बिशिष्ट अतिथि नगर प्रमुख गोकर्ण पाठकले नगरपालिका भित्र रहेका सहकारी मध्ये यो सहकारी एक नम्बर स्थानमा रहेको बताउदै यो भन्दा पनि धेरै पुरानो सहकारी संस्थाहरु नगरपालिकामा रहेको तर यस्तो व्यवस्थापन नरहेको कारण आज सम्म प्रगति गर्न नसकेको बताउनुभयो ।
प्रगति उन्मुख संस्था आफ्नो नगरपालिका भित्र रहँदा खुशी लागेको बताउदै नगरपालिकाले सक्दो सहयोग गर्ने बताउनुभयो । कार्यक्रममा वडा नम्बर ३ का वडा अध्यक्ष सुकमान तामाङ, शेष खुरशेद, पूर्व वडा अध्यक्ष बेदमन दास थारु, रेडक्रस सोसाइटी मधेश प्रदेशका अध्यक्ष फुलमहद मियाँ, पर्सा जिल्ला सहकारी संस्था अध्यक्ष राजेश पंडित , संस्था व्यवस्थापक बिरेन्द्र राज कंडेल, लेखा प्रमुख संजय परियार लगायत सहभागिता रहेको थियो ।
स्वागत मन्तव्य कोषाध्यक्ष प्रतिमा मानन्धर ले गर्नुभएको थियो । कार्यक्रमको सहजिकरण संस्थाका सचिव शिवनाथ यादबले गर्नुभएको थियो । पछिल्लो आर्थिक बर्षमा संस्थाले ६ करोड १५ लाख २१ हजार त्रिसठी रुपैयाको कारोवार गरेको प्रतिवेदन पेश गरिएको थियो । कार्यक्रममा बार्षिक प्रगति प्रतिवेदन संस्थाकी अध्यक्ष गोमा कुमारी उप्रेतीले प्रस्तुत गर्नुभएको थियो ।