शिखर इन्स्योरेन्सको बार्षिकोत्सवमा ५३ जनाद्वारा रक्तदान 

शिखर इन्स्योरेन्सको बार्षिकोत्सवमा ५३ जनाद्वारा रक्तदान 

वीरगन्ज, २७ कार्तिक । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको १८ औं वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको रक्तदानमा १ महिला सहित ५३ जनाले रक्तदान गरेको छ । शिखर इन्स्योरेन्स  मधेस प्रदेश प्रमुख सुरेस चन्द गुप्ताको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि इन्स्योरेन्सका महाप्रबन्धक पुष्कर महतले उदघाटन गर्नुभएको थियो ।

भर्खरै सकिएको चाडपर्व र लगत्तै निर्वाचनमा व्यस्ता भएकाले रक्तदान कार्यक्रमको आयोजना कम भएकोले रक्तसञ्चार केन्द्रको समन्वयमा इन्स्योरेन्सद्वारा वार्षिकोत्सबको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरिएको हो । रक्तदान गर्नेहरुलाइ प्रमाणपत्र सहित प्रोत्साहित गर्ने काम नितेस दास, काजल ढुङेल, चन्दन श्रीवास्तव लगायतले गरेका थिए ।

कार्यक्रममा श्रीराम पटेल, ब्रीजेस यादव, पवल साह तेलि, चन्दन श्रीवास्तव, मुकेस गिरि, रोशनी कर्ण, सानू बैठा, राजेस कुमार सहनी लगायत पन्टर ११ क्रीकेट टिम, बिमा प्राधिकरण कर्मचारी र अन्य बैक तथा इन्स्योरेन्सका कर्मचारीहरुले रगतदान गरेका थिए । रक्तसञ्चार केन्द्रबाट सौरभराज पाण्डेयको टोलीले प्राबिधिक सहयोग गरेको रेडक्रसका राजन श्रीवास्तवले जानकारी दिनुभयो ।