विश्व मधुमेह दिवसमा एकसय भन्दा बढीको निःशुल्क स्वास्थ्य परीक्षण
वीरगन्ज, २८ कार्तिक । विश्व मधुमेह अवसरमा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा एकसय भन्दा बढीको स्वास्थ्य परीक्षण गरिएको छ । लायन्स क्लब अफ वीरगञ्ज आदर्शनगर तथा ग्रिन सिटी सामुदायिक सेवा केन्द्रको आयोजनामा निशुल्क स्वास्थ्य परिक्षण शिबिर सम्पन्न भएको हो ।
आदर्शनगर चौकमा सोमबार आयोजना गरेको निःशुल्क स्वास्थ्य परिक्षण शिबिरमा वीरगञ्ज आसपासका १०० जना भन्दा बढीको स्वास्थ्य परिक्षण गरिएको ग्रिन सिटी सामुदायिक सेवा केन्द्रका अध्यक्ष जय प्रकाश खेतानले जानकारी दिनुभयो ।
स्वास्थ्य शिविरमा डा. निरज सिंह, डा.राम अवतार खेतान, डा.जगदिश अग्रवाल, ग्रिन सिटी सामुदायिक सेवा केन्द्रका सचिव मुर्ली जलान लगायतको सहभागिता रहेको थियो ।