राष्ट्रिय चिकित्सक दिवसको अवसरमा १ महिला सहित २३ जनाले गरे रक्तदान
दिपक चौरसिया
पर्सा २० फागुन । राष्ट्रिय चिकित्सक दिवसको अवसरमा नेपाल चिकित्सक संघ नारायणी शाखाले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । संघकै सभाहलमा आयोजित कार्यक्रममा १ महिलासहित २३ जनाले रक्तदान गरेको रक्तसञ्चार केन्द्र वीरगञ्जका प्रमुख सौरभराज पाण्डेले जानकारी दिनुभयो ।
कार्यक्रममा प्रतिभा कार्की, डा. निजर कुमार सिँह, डा.उदय नारायण सिंह , डा.दिपक चौरसिया, डा. हरिचन्द्र यादव, डा. चिरञ्जीवी चौरसिया, डा. मनबोध कुमार साह, डा. रबीन्द्र चौरसिया, महम्मद कैश हुसेन, शेखर चौधरी लगायतले रक्तदान गरेका छन् ।
रक्तसंचार केन्द्र वीरगञ्जमा रगतको अभाव हुँदा बिरामीलाई समस्या आउन थालेको जानकारी आएपछि आफूहरुले दिवसको अवसर पारेर रक्तदान कार्यक्रम आयोजना गरेको संघका अध्यक्ष अरूण कुमार सिंहले बताउनुभयो । कार्यक्रममा ब्लड बैंक वीरगञ्जले प्राविधिक सहयोग गरेको थियो ।
संघको नारायणी शाखाका पूर्व सचिव डा. श्यामसुन्दर दासको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जिल्ला अध्यक्ष अरूण कुमार सिंह, डा. गोपाल प्रसाद गजुरेल, डा. अमर नाथ ठाकुर , डा. अरूण कुमार झा, डा.रामअवतार प्रसाद खेतान, डा.रणवीर सिंह, डा.रविन्द्र प्रसाद सिंह, डा.सुशील चौधरी, ब्लड बैंक वीरगञ्ज प्रमुख शौरभराज पाण्डे लगायतको सहभागिता रहेको थियो ।