मिर्मिरे लघुवित्तको बार्षिकोत्सवमा सरसफाई 

मिर्मिरे लघुवित्तको बार्षिकोत्सवमा सरसफाई 

कृष्णमोहन साह 
सेंढवा, ३ असोज । मिर्मिरे लघुवित्त संस्थाले १२ वर्ष पूरा गरि १३ वर्षमा प्रवेश गरेको  अवसरमा सोमबार पर्साको  ठोरी   गाउँपालिकामा सरसफाई गरेको छ । गाउँपालिकाको वडा नं.–५  सुवर्णपुर स्थित सहिद स्मारक लगायत सुवर्णपुर बजारको सरसफाई गरिएको हो ।

मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो संस्थाको बार्षिक उत्सवको अवसरमा आयोजना गरेको सरसफाई कार्यक्रममा  नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सहयोग रहेको थियो।  मिर्मिरे लघुवित्त वित्तीय संस्था सुवर्णपुरले बार्षिकोत्सवको अवसरमा बिभिन्न कार्यक्रम गरी मनाएको  संस्थाका प्रमुख महम्द मकसुद अंसारीले बताउनुभयो । संस्थाको मधेस प्रदेश प्रमुख रामकिसोर चौधरीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रमुख चौधरीले संस्थाले आगामी दिनमा उच्च व्यावसायिक अभ्यास तथा अनुपातलाई मूल मन्त्र बनाउँदै उद्देश्य अनुरूप मुलुकको पूर्वाधार विकासमा अझ उत्कृष्ट योगदान गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि ठोरी गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष अष्ट बहादुर लोप्चन, किरण कुमार परियार, निरंजन चौधरी, सुजन क्षेत्री, रबिन्द्र चौधरी, कृष्ण बोहरा, सशस्त्र प्रहरी निरिक्षक दिपक नापित, प्रहरी चौकी सुवर्णपुरका प्रहरी सहायक निरीक्षक  रामबाबु यादव लगायत संस्थामा आवद्ध महिला स्थानीयहरुको सहभागिता रहेको  थियो।

सरसफाई कार्यक्रममा बाटो र नाला सरसफाई गर्नका साथै चोकमा रहेका पसलेहरुलाई सरसफाई सम्बन्धमा सचेतना गराइएको थियो । मिर्मिरे लघुबित बितय संस्था लिमिटेडले सुवर्णपुर चोकका पसलहरुमा डस्टबिन समेत बितरण गरेको छ ।