प्रतिबन्धित विष्फोटक पदार्थ र भारतीय कुखुरा बरामद
कृष्णमोहन साह
सेंढवा, ३ असोज । पर्साको ठोरी गाउँपालिकाबाट सशस्त्र प्रहरीले प्रतिबन्धित विष्फोटक पदार्थ पटका बरामद गरेको छ । सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट सुवर्णपुरबाट सशस्त्र प्रहरी निरीक्षक दिपक नापितको नेतृत्वमा रहेको सशस्त्र प्रहरीको टोलीले नियमित चेकजाँचको क्रममा ठोरी गाउँपालिका वडा नम्बर ५ बाघमोर्चा पुलमा ठोरीबाट काठमाडौ जाँदै गरेको यात्रुबाहक बसलाई चेकजाँच गर्दा बसबाट दुईसय प्याकेट पटखा बरामद गरेको हो ।
भारतबाट अबैध रुपमा नेपाल भित्र्याइ काठमाडौं लैजाका लागि बसमा लोड गरिएको सूचना प्राप्त भएपछि सशस्त्र प्रहरीले चेकजाँच गर्दा बसमा उक्त परिमाणको पटका बरामद गरेको सशस्त्र प्रहरी बल १३ नम्बर हेडक्वाटर पर्साले जनाएको छ । बरामद गरिएको पटका स्थानीय भद्रभलादमी र सन्चारकर्मीको रोहवरमा बोर्डर आउट पोष्टको परिसरमा खाल्डोमा पुरेर नष्ट गरिएको सशस्त्र प्रहरी बल १३ नम्बर गण का सशस्त्र प्रहरी उपरीक्षक तेज प्रसाद पोखरेलले जानकारी दिनुभयो।
यसैबीच पर्साको जिराभवानी गाउँपालिकाबाट पनि सशस्त्र प्रहरीले भारतबाट अबैध रुपमा नेपाल भित्र्याउदै गरेको अवस्थामा भारतीय ब्रोइलर कुखुरा बरामद गरेको छ। सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट महादेवपट्टीका सशस्त्र प्रहरी निरीक्षक रमेश साखको नेतृत्वमा गएको सशस्त्र प्रहरीको गस्ती टोलीले जिराभवानी गाउँपालिका वर्डा नम्बर–१ गमहरिया गाउँबाट २० वटा ब्रोइलर कुखुरा बरामद गरेको हो । बरामद गरिएको कुखुरा स्थानीय भद्रभलादमी सन्चारकर्मी र नेपाल प्रहरीको रोहवरमा नष्ट गरिएको सशस्त्र प्रहरी बल १३ नम्बर गणका सशस्त्र प्रहरी उपरीक्षक तेज प्रसाद पोखरेलले जानकारी दिनुभयो।