बाराको विश्रामपुरमा एक युवक मृत फेला
वीरगन्ज, ३ असार । बाराको विश्रामपुर गाँउपालिका वडा नम्बर २ बरैनिया बजारमा बिहीबार बिहान एक युवक मृत अवस्थामा फेला परेका छन् । विश्रामपुर गाँउपालिका वडा नम्बर २ कै भरवलीया गाँउका १७ वर्षिय वीरेन्द्र बैठा, बरैनिया बजारको सडक छेउमा मृत अवस्थामा फेला परेका हुन् ।
बुधबार राति ८ बजे घरबाट निस्किएका वीरेन्द्र बिहीबार बिहान मृत अवस्थामा भेटिएको बाराका प्रहरी नायव उपरीक्षक गौतम मिश्रले जानकारी दिनुभयो । मृतकको शरिरका विभिन्न भागमा घाउको चोट देखिएकाले कसैले कुटपिट गरि हत्या गरेको हुन सक्ने प्रहरीको आशंका छ । मृतकाको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल कलैयामा पठाइएको र घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक गौतमले बताउनुभयो ।