पर्सामा कोरोना संक्रमण शुन्य 

पर्सामा कोरोना संक्रमण शुन्य 

वीरगन्ज, २ असार । पर्सामा पहिलो पटक कोरोना संक्रमित शुन्य भएको छ । पर्साबाट संकलन गरिएको ५३ वटा नमूना स्वाबको नारायणी अस्पतालमा पीसीआर परीक्षण गर्दा रौतहटका १ जनामा मात्रै कोरोना संक्रमण पुष्टि भएको हो । पर्सामा भने बुधबार कोरोना संक्रमित शुन्य भएको छ ।

अस्पतालमा उपचाररत बाहेक बुधबारको परीक्षणमा संक्रमण शुन्य भएको नारायणी अस्पतालका बरिष्ठ चिकित्सक डाक्टर उदयनारायण सिंहले जानकारी दिनुभयो ।