स्व. गिरिजा प्रसाद कोईरालाको ९८ औं जन्मजयन्तिमा वृक्षरोपण
वीरगंज २० असार । स्व.गिरिजा प्रसाद कोईरालाको स्मृतिमा स्थापना गरेको जीपी पफाउण्डेशनले ९८ कोईरालाको ९८ औं जन्मजयन्तिमा वृक्षरोपण गरेको छ । नेपाली राजनीतिका शीखर पुरुष एवम् पूर्व प्रधानमन्त्री नेपाली काग्रेसका पूर्व सभापति स्व गिरिजा प्रसाद कोईरालाको ९८ औं जन्म जयन्तीको अवसरमा गिरिजा प्रसाद कोईराला फाउण्डेशन पर्साले आईतबार वीरगंजको विभिन्न स्थानमा वृक्षारोपण गरेको फाउण्डेशनका सदस्य दिलिपराज कार्कीले बताउनुभयो ।
स्व गिरिजा प्रसाद कोईरालाको ९८ औं जन्म जयन्तिको अवसरमा फाउण्डेशन पर्साले तीन दिने कार्यक्रमको आयोजना अन्तर्गत पहिलो दिन वृक्षारोपणको र्कायक्रम सम्पन्न गरेको छ । वीरगन्जको आदर्शनगर स्थित इदगाह र एकीकृत भन्सार जाँचचौकी आईसीपीमा साल, सिसम,बेल,सफेदा,खैर,औरा,टिक,अशोक लगायत विभिन्न प्रजातिका २२५ वटा रुखको बिरुवा रोपेको फाउण्डेशनका अध्यक्ष महम्मद सहावुद्दीनले जानकारी दिनुभयो ।
फाउण्डेशन पर्साले स्व गिरिजा प्रसाद कोईरालाको जन्म जयन्तीको अवसरमा असार २० देखि २२ गते सम्म तीन दिने र्कायक्रमको आयोजना गरेको छ । फाउण्डेशनको अध्यक्ष मोहम्मद सहाबुदिनको अध्यक्षतामा बसेको बैठकले तीन दिन कार्यक्रम गर्ने निर्णय गरेको थियो । निर्णय अनुसार असार २१ गते सोमबार रक्तदान र्कायक्रम फाउण्डेशनको कार्यालय आदर्शनगर पानिटकींका विहान ७ः३० बजे गर्ने भएको छ । त्यस्तै असार २२ गते पर्सा जिल्लाका २ जना सक्रिय पत्रकारलाई जनही २५००० –पचिस हजार) सहित सम्मान गर्ने र्निणय गरेको छ ।
फाउण्डेशन पर्साका अध्यक्ष मोहम्मद सहाबुद्दिनको अध्यक्षतामा भएको वृक्षारोपण कार्यक्रममा धुव्र नेपाल, दिना गुप्ता, श्याम कुमार पोख्रेल, रामरुप प्रसाद कुर्मी, सन्तोष सिंह, शैलेन्द्र उपाध्याय, शिवओम लामिछाने, भैयाराम पटेल, नविन सिंह, अमृतलाल जोशी, जंगबहादुर पटेल, किशोर सिंह, फजिल अंसारी, मो.अबु हवारी, अब्बास देवान, शंकर महतो, गोपी महतो, वहाब अंसारी लगायतको उपस्थिति रहेको थियो ।