जीपी कोईराला फाउण्डेशनद्वारा दुईजना पत्रकार पुरस्कृत 

जीपी कोईराला फाउण्डेशनद्वारा दुईजना पत्रकार पुरस्कृत 

वीरगन्ज २२ असार । जी.पी कोईरनला फाउण्डेशन पर्साले पर्साका दुईजना क्रियाशील पत्रकारलाई सम्मान गरेको छ । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका तत्कालिन सभापति स्वर्गीय गिरिजा प्रसाद कोईरालाको ९८ औं जन्मोत्सवको अवसरमा फाउण्डेशनले नारायणी एफ.एम.बिबिसी नेपाली सेवामा कार्यरत माधुरी महतो र ग्यालेक्सी टेलिभिजनमा कार्यरत ईरफान अलीलाई मंगलबार पुरस्कृत गरेको हो ।

नेपाल पत्रकार महासंघ पर्साको सभाकक्षमा आज आयोजित कार्यक्रममा प्रमुख अतिथि वीरगन्ज महानगरपालिकाकी उपप्रमुख शान्ति कार्कीले दुवैजनालाई सम्मान पत्र, दोसल्ला र जनही नगद २५ हजार सहित सम्मानीत गर्नुभयो । फाउण्डेसन पर्साका अध्यक्ष महम्मद शाहबुद्धिनको अध्यक्षतामा भएको कार्यक्रममा बोल्ने वक्ताहरुले स्वर्गीय गिरिजा प्रसाद कोईरालाले राष्ट्रका लागि गरेको योगदान र शान्ति प्रकृयामा खेलेको भूमिकाको चर्चा गरेका थिए ।

स्वर्गीय कोईराला आफुले हारेर भएपनि राष्ट्रको जितको लागि खेलेको भूमिका अविस्मरणीय रहेको बताएका थिए । कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव दिपेन्द्र चौहान, प्रदेश २ का महासचिव श्याम बन्जारा, जिल्ला अध्यक्ष अनुप तिवारी, नेपाली काँग्रेस पर्साका उपसभापति दिना प्रसाद गुप्ता, प्रकाश उपाध्याय, नेपाल प्रेस युनियन पर्साका अध्यक्ष रामनारायण कुर्मी, प्रेस सेन्टर पर्साका अध्यक्ष निरज पिठाकोटे मगर, काँग्रेस नेताहरु रामनारायण कुर्मी, विजय सर्राफ लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा स्वागत फाउण्डेशनका सदस्य दिलिपराज कार्की र संचाल संतोष सिंहले गर्नुभएको थियो ।