भेडाहा खोलाको कटान नियन्त्रणका लागि २५ करोडको लागतमा स्थायी बाँध निर्माण गरिने

भेडाहा खोलाको कटान नियन्त्रणका लागि २५ करोडको लागतमा स्थायी बाँध निर्माण गरिने

वीरगन्ज, २२ असार । वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले भेडा खोलाले कटान गरी क्षति पु¥याएको ग्रामीण क्षेत्रका वडाहरुमा मंगलबार स्थलगत अनुगमन निरीक्षण गरी आगामी आर्थिक बर्षमा कटान रोक्न स्थायी बाँध निर्माण गरिने बताउनु भएको छ ।

महानगरपालिकाको वडा नम्बर २७, २८, २९, ३० र ३१ गरी पाँच वटा वडामा भेडाहा खोलामा आएको बाढीले बर्सेनि खेतीयोग्य जमिन कटान गर्दा स्थानीयवासी पीडित भएका छन् । आगामी आर्थिक बर्षमा राष्ट्रिय योजना आयोगकको १२ करोड ५० लाख र वीरगन्ज महानगरपालिकाको १२ करोड ५० लाख गरी २५ करोडको लागतमा महानगरपालिकाले स्थायी बाँध निर्माण गर्ने महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले जानकारी दिनुभयो ।

भेडाहा खोलाको कटान नियन्त्रणका लागि महानगरपालिकाले २५ करोडको लागतमा आगामी आर्थिक बर्ष २०७८÷०७९ मा स्थायी बाँध निर्माण शुरु गरिने जानकारी दिदै नगर प्रमुख सरावगीले बाँध निर्माणका लागि बजेट समेत विनियोजन भईसकेको बताउनुभयो । हरेक बर्ष भेडाहा खोलामा आएको बाढीले महानगरपालिकाको उत्तरक्षेत्रमा रहेका पाँचवटा ग्रामीण इलाकाका वडाहरुमा सयौं विगाहा खेतीयोग्य जमिन कटान गर्ने गरेको छ ।

खोलाको कटानले हुने क्षति रोक्नका लागि स्थायी रुपमै बाँध निर्माण गर्नुपर्ने आवश्यकता देखिएकोले बाँध निर्माण गर्न लागिएको बताउनुभयो । बाँध निर्माणका लागि ठेक्का प्रकृयाका लागि बोलबत्र आह्वान गर्ने काम पनि शुरु भएको महानगरपालिकाका प्रमुख सरावगीको भनाई छ ।