वनमन्त्री यादवद्वारा मन्दिर र विवाह भवनको उद्घाटन 

वनमन्त्री यादवद्वारा मन्दिर र विवाह भवनको उद्घाटन 

वीरगन्ज, १८ भदौ । वन तथा वातावरणमन्त्री प्रदीप यादवले वीरगन्जको वडा नम्बर १६ मा निर्माण सम्पन्न मन्दिर र विवाह भवनको एकैदिन उदघाटन गर्नुभएको छ ।

स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत निर्मित मन्दिर र विवाह भवनको शनिबार मन्त्री यादवले उद्घाटन गर्नुभएको हो । वीरगञ्ज–१५ स्थित भिषवामा निर्मित शितलामाई मन्दिर र सोही वडाको भिषवा र भेडियाहीमा निर्मित विवाह भवनको पनि उद्घाटन गर्नुभएको छ ।

मन्दिर निर्माणले श्रद्धालु भक्तजनहरुलाई पूजाअर्चना गर्न सहज भएको मन्त्री यादवले बताउनुभयो । त्यसैगरी विवाह भवनले स्थानीयहरुलाई विवाह लगायतका धार्मिक, सांस्कृति र पारम्परिक कार्यक्रमहरु गर्न सजिलो हुने विश्वास व्यक्त गर्नुभयो ।

मन्त्री यादवको संसदीय कोषको १५ लाख रुपैयाँको लागतमा मन्दिर र ३०÷३० लाख रुपैयाँको लागतमा विवाह भवन निर्माण भएको मन्त्रीको सचिवालयले जनाएको छ ।