इभेन्ट निर्देशक धिरज तन्डुकर ‘बेस्ट नेशनल डिरेक्टर’ अवार्डबाट सम्मानित 

इभेन्ट निर्देशक धिरज तन्डुकर ‘बेस्ट नेशनल डिरेक्टर’ अवार्डबाट सम्मानित 

वीरगन्ज, २६ पुष । इभेन्ट निर्देशक धिरज तन्डुकरलाई बेस्ट नेशनल डिरेक्टर अवार्डबाट सम्मानित हुनुभएको छ।प्याजेन्ट नेपाल इन्टरनेशनल, टच इन्टरटेनमेन्ट, स्पर्श फिल्म्स र ब्राइट इभेन्ट म्यानेजमेन्टको आयोजनामा

सोल्टीमोडस्थित विलासी हायात प्लेस होटलमा आयोजना गरिएको स्टेला प्रोफेशनल पेजेन्ट नेपाल इन्टरनेशनल फेसन एण्ड मोडल अवार्ड २०२२ कार्यक्रममा विभिन्न विधामा रहेर योगदान पुर्‍याउदै आउनुभएका तण्डुकारलाई सम्मान गरिएको हो ।

अग्रज ब्यक्तीहरुबीच  लामो समयदेखि मोडलिङ्ग तथा इभेन्ट आयोजकका रुपमा आबद्ध हुँदै आउनुभएका तन्डुकर ‘इभेन्ट बेटर ग्यालेक्सी’ का प्रमुख कार्यकारी अधिकृत हुनुहुन्छ ।

उहाँले धेरै सौन्दर्य पेगेन्टहरू, मोडलिङ प्रतियोगिता र अन्य कार्यक्रमहरू आयोजना गर्दै विभिन्न उमेरका  सहभागीहरुका लागि सशक्त बनाइ पुर्ण रुपमा सक्षम बनाउन ठूलो योगदान गर्नुभएको छ।

आयोजना गरेका कार्यक्रमहरु मार्फत सहभागीहरुलाइ ठूलो आत्मविश्वास जगाउने मात्र नभएर उनीहरूले व्यक्तिगत तथा  रचनात्मक उपलब्धिहरू, स्वस्थ जीवनशैली, र समुदायको संलग्नताको कदर गर्न प्रोत्साहित गर्ने कुरामा उनी विश्वस्त हुनुहुन्छ ।

देशको संस्कृति, परम्परा, इतिहास र सबैभन्दा महत्त्वपूर्ण पर्यटकीय र आर्थिक उद्देश्यहरूको प्रवर्द्धनका निमित्त अघि बढि रहनुभएको छ ।