पर्यटन दिवसकाे अवसरमा वीरगन्ज नाकामा पर्यटकलाई स्वागत
वीरगन्ज, १० असाेज । ४४ ओैं विश्व पर्यटन दिवसकाे अवसरमा विरगन्ज नाकाबाट भित्रिएका पर्यटकलाई स्वागत गरिएको छ ।
हाेटल तथा पर्यटन व्यावसायी संघ वीरगन्ज, पर्यटन प्रहरी र अध्यागमन कार्यालय वीरगन्जले वीरगन्जकाे शंकाराचार्य गेटमा भारतबाट घुम्न नेपाल आएका पर्यटकहरूलाई स्वागत गरेकाे हाे ।
भारतकाे गाेपालगञ्जबाट आएका चारजना पर्यटकहरूलाई माला, खादा र टीका लगाएर स्वागत गरिएको हाेटल तथा पर्यटन व्यावसायी संघ वीरगन्ज पर्साका अध्यक्ष हरि पन्तले जानकारी दिनुभयाे ।
नेपालकाे अर्थतन्त्रकाे प्रमुख आधार मध्य पर्यटन क्षेत्र पनि एक भएपनि पर्यटन क्षेत्र अझै राज्यले उपेक्षा गरेकाे व्यावसायीहरूकाे गुनासाे छ । स्थानीय तहमा पर्यटन पूर्वाधार निर्माणमा पनि खासै ध्यान नगएकाे उनीहरूकाे भनाइ छ ।
स्वागतका लागि संघका अध्यक्ष तथा हाेटल व्यावसायी महासंघ नेपालका सचिव पन्त, संघका बरिष्ठ उपाध्यक्ष रचिन्द्र थापा, महासचिव माधव बस्नेत, सदस्य कुबेर कार्की, सशस्त्र प्रहरी नायव उपरीक्षक देवेन्द्र सिंह पर्यटन प्रहरी लगायतकाे उपस्थिति रहेकाे थियाे ।