अंग्रेजी नयाँ बर्षमा पर्यटकीय स्थलहरुमा चहलपहल 

अंग्रेजी नयाँ बर्षमा पर्यटकीय स्थलहरुमा चहलपहल 

वीरगन्ज, १७ पुष । आजदेखि अंग्रेजी महिनाको नयाँ बर्ष सन २०२३ शुरु भएको छ । विश्वका अधिकांश देशमा प्रचलित ईश्वी सम्वतको नयाँ बर्ष २०२३ आजदेखि शुरु भएको हो । ग्रेगोरियन पात्रोअनुसार सन् २०२२ को बिदाई र नयाँ वर्ष सन् २०२३ को स्वागतमा विश्वभर बिभिन्न कार्यक्रमहरु भइरहेका छन् ।

नयाँबर्ष २०२३ को अवसरमा विश्वका मानिसहरु आज एकआपसमा शुभकामना साटासाट गरेर नयाँ बर्ष माउदै छन् । अंग्रेजी नयाँबर्षको दिन आज नेपालका विभिन्न पर्यटकीय स्थलहरुमा पर्यटकहरुको चहलपहल बढेको छ ।

पर्साको ठोरी, बाराको काँटघाट, रौतहटको नुनथर, सर्लाहीको भरतताल लगायत देशका विभिन्न पर्यटकीय स्थलमा पिकनिक भर्न र रमाउन स्वदेश तथा छिमेकी मुलुक भारतका पर्यटकहरु पुगेका छन् ।

अङ्ग्रेजी नयाँ वर्षको उत्साह मनाउन र रमाईलो गर्न अन्य मुलकको तुलनामा बढी भारतिय पर्यटकहरु नेपाल आउने गरेको नेपाल होटल व्यवसायी महासंघ मधेशप्रदेशका महासचिव मोहन शर्मा लामिछानेले बताउनुभयो ।