भन्सार एजेण्ट महासंघमा वीरगन्जबाट चारजनाको प्रतिनिधित्व

ट्रिव्यून न्युज
वीरगन्ज, १ चैत । महासंघको कार्यसमितिमा वीरगन्जबाट चारजना निर्वाचित भएका छन् । महासंघको १० औं साधारणसभा तथा चौथो महाधिवेशनबाट बरिस्ठ उपाध्यक्षमा काशीनाथ उपाध्याय, कोषाध्यक्षमा मनोज कुर्मी, सदस्यमा नन्द किशोर मल निर्वाचित भएको वीरगन्ज भन्सार संघका सहसचिव भानुभक्त अधिकारीले जानकारी दिनुभयो । त्यस्तै महासंघको मनोनित सदस्यमा विजय गुप्ता चयन भएको अधिकारीले बताउनुभयो ।