इलाम बस दुर्घटनामा मृत्यु हुनेको संख्या ३ पुग्यो, पर्सा र रुकुम पश्चिममा भएको दुर्घटनमा २४ जना घाईते

वीरगन्ज, ४ मंसिर । मेची राजमार्ग अन्तर्गत इलामको रोङ गाउँपालिका–३, कोल्बुङमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ३ जना पुगेको छ । मृत्यु हुनेमा धनुषाको धनुषाधाम नगरपालिकाका १२ वस्ने अर्पण लामा, मनवती लामा र शान्ता माया तामाङ रहेको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश जबेगुले जानकारी दिनुभायो ।
उहाँका अनुसार दुर्घटनमा परेर ३३ जना घाईते भएका छन् । घाईते मध्य २ जनाको अवस्था गम्भीर रहेको छ । उनीहरु सबैको विर्तामोड स्थित बि एण्ड सी अस्पतालमा उपचार भईरहेको छ । धनुषाबाट कन्याम घुम्न बिद्यनर्थी लिएर गएको ना ६ ख ८४२४ नम्बरको बस फर्किएर आउँदै गर्दा अर्याल चोक नजिकै हिजो साँझ करिब ५ बजे तिर राजमार्गबाट खसेर दुर्घटना भएको हो । यस्तै रुकुम पश्चिममा जीप दुर्घटना हुँदा २२ जना घाइते भएका छन् ।
बिहान चौरजहारी नगरपालिका–८ को गोइरीज्युलामा लु १ ज २२९७ नम्बरको जीप दुर्घटना हुँदा जीपमा रहेका सबै घाइते भएका जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायब उपरीक्षक नमराज भट्टराईले जानकारी दिनुभयो । चौरजहारी अस्पतालमा पुर्याएका २२ जना घाइतेको नाम दर्ता भएको र अझै विवरण सङ्कलनको काम भइरहेको उहाँले बताउनुभयो ।
चौरजहारी नगरपालिका वडा नम्बर १० खोला गाउँबाट जिल्ला सदरमुकाम मुसिकोटका लागि छुटेको जीप दुर्घटना भएको हो । घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर भएको प्रहरीले जनाएको छ । थप विवरण आउन बाँकी छ ।
यसैबीच वीरगंज पोखरिया सडकखण्डमा गएराति दुईवटा मोटरसाईकल एकआपसमा ठोकिदा २ जना घाईते भएका छन् । आईतबार राति करिब साढे ८ बजे वीरगन्जबाट झौवागुठीतर्फ गईरहेको मधेश प्रदेश ०३ ०२९ प ००१७ नम्बरको मोटरसाईकल र विपरित दिशाबाट वीरगन्जतर्फ आउँदै गरेको बागमती प्रदेश ०२ ०२९ प ५१२८ नम्बरको मोटरसाईकल एक आपसमा ठोक्किँदा दुईजना घाईते भएका हुन् ।
दुर्घटनामा परेर वीरगन्ज १९ बर्वा निवासी सुभाष प्रसाद यादव गम्भीर घाईते हुनुभएको छ । अर्का एक जना समान्य घाईते भएका छन् । गम्भीर घाईते सुवभाषलाईलाई उपचारको लागी नारायणी अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ । मधेश प्रदेश ०३ ०२९ प ००१७ नम्बरको मोटसाईकल चढेका विन्दवासिनी गाउँपालिका ४ झौंवाका कृष्णा प्रसाद कानु समान्य घाईते भएका छन् । उनको घुँडामा चोट लागेको प्रहरीले जनाएको छ ।