वीरगन्ज कलेजको दुईदिने ‘पर्सनल डाईनामिक’ तालिम शुरु, सीप सहितको व्यवहारिक शिक्षाको आवश्यकता छ : वक्तारु 

वीरगन्ज कलेजको दुईदिने ‘पर्सनल डाईनामिक’ तालिम शुरु, सीप सहितको व्यवहारिक शिक्षाको आवश्यकता छ : वक्तारु 

वीरगन्ज, २० असोज । अबको शिक्षा सीप सहितको व्यवहारिक शिक्षाको आवश्यकाता रहेको सरोकारवालाहरुले बताएका छन् । वीरगंज कलेजले ११ कक्षामा भर्ना भएका बिद्यर्थीहरुकालागि आयोजना गरेको दुई दिने ‘पर्सनल डाईनामिक’ तालिमको उदघाटनसत्रमा बोल्ने वक्ताहरुले यस्तो आवश्यकता औंल्याएका हुन् । 

शनिवारदेखी बीरगंजको होटेल भिषूवामा शुरु भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल कुमार अग्रवालले आजको युवा पुस्ताले भोलीको लागि ज्ञान प्राप्तिमा परिश्रम गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले किताबी ज्ञानले मात्रै आफूलाई परिपक्व व्यक्तिको रुपमा चिनाउन नसकिने भन्दै त्यसको लागि सीप आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य के.सी.लामिछानेले सफल हुनकालागि चिन्तन सहितको अध्ययनको आवश्यकता रहेकोमा जोड दिनुभयो । उहाँले सफल जीवनकालागि उच्च नैतीकबल आवश्यक रहेको बताउनुभयो । उहाँले बिद्यार्थीलाई आफनो रुची अनुसारको अध्ययनकालागि प्रेरित गर्नुभयो । राम्रो अंक ल्याउने वा उच्च स्थान प्राप्त गर्ने दवावमा नरहन आग्रह गर्नुभयो ।

कार्यक्रममा वीरगंज उधोग संघका वरिष्ठ उपाअध्यक्ष हरी गैतमले विद्यार्थीहरुले सिक्ने ज्ञानलाई सीपमा बदलेर आयआर्जनसँग जोड्न सकियो भने मात्रै अध्ययन गरेको अर्थ रहने बताउनुभयो । वीरगन्ज महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखा प्रमुख अरविन्दलाल कर्णले समाजमा बुद्धिमान र विद्धानको अर्थ र परिभाष सुनाउदै विद्धान भन्दा बुद्धिमान बन्न विद्यार्थीहरुलाई सुझाव दिनुभयो ।

समाजमा विद्धान धेरै भएपनि बुद्धिमताको कमील शिक्षाको गुणस्तरीयता पनि कमजोर हुदै गएको बताउदै बुद्धिमान नै शिक्षाको गुणस्तरको मानक भएको बताउनुभयो । कार्यक्रममा ठाकुरराम बहुमुखी क्याम्पसका पूर्व प्रमुख ललन द्विवेदी, सौसभ सरार्फ , प्याब्सन वीरगंजका अध्यक्ष आलोक चौरसिया, उपा–अध्यक्ष शिव गुप्ता, गणितका चर्चित शिक्षक लालबाबु यादव, ट्रिब्यून न्युज अनलाईनका सम्पदक निरज पिटाकोटे, तुलसी भण्डारी, मनोज पटेल, मुस्कान श्रेष्ठ,जगत राई, प्रणय साह लगायतको सहभागिता रहेको थियो ।

तालिमले बिद्यार्थीरुमा आत्मवल बढने र भविष्यको बाटो कोर्नमा उनीहरुलाई सघाउने कलेजको  विश्वास रहेको छ । कलेजको संचालक समिति अध्यक्ष डा. दिपेन्द्र कुमार चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा कलेज प्रमुख बिनोद कुमार गुप्ता, प्रशासन प्रमुख सुरेश प्रसाद चौधरी, कलेजका सहायक प्रमुख रुदल ठाकुर, कोडिनेटर राजेश्वर चौधरी, इसीए कोडिनेटर मनोज बर्णवाल, परीक्षा कोडिनेटर धर्मेन्द्र जयसवाल, बिबिएस इन्चार्ज दिपेशलाल दास लगायतका शिक्षकहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सहजिकरण कलेजका शिक्षक कृष्णा पासवाले गर्नुभएको थियो । कलेजका छात्राले स्वागत नृत्य प्रस्तुत गरेका थिए ।