मनकामना माविले २३ औं स्थापना दिवस मनायो
वीरगन्ज, ६ फागुन । मनकामनाम माध्यामिक विद्यालयले २३ औं स्थापना दिवस मनाएको छ । वीरगन्ज महानगरपालिका वडा नम्बर ४ भगवती टोलमा रहेको मनाकामना माविले आज आफ्नो २३ औं स्थापना दिवस मनाएको हो ।
स्थापना दिवसको अवसरमा विद्यालयका विभिन्न कक्षामा अध्ययनरत विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो । विद्यालमा अध्ययनरत विद्यार्थीहरु मध्य अनुशासन पालना गर्ने, जेहेन्दार विद्यार्थीहरुलाई सम्मान सहित पुरस्कार वितरण गरिएको थियो ।
त्यस्तै विद्यालयमा १३ बर्षदेखि निरन्तर कार्यरत रहनुभएका शिक्षिका संगिता श्रेष्ठलाई लाईफटाईम एचिभमेण्ट एवार्डबाट सम्मानित गरिएको थियो । विद्यालयका संस्थापक प्रधानाध्यापक पुरन प्रधानको अध्यक्षतामा भएको कार्यक्रममा प्रेस सेण्टर नेपालका केन्द्रीय सदस्य जगत राई,
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ प्रदेश २ का इन्चार्ज निरज पिठाकोटे मगर, पर्सा अध्यक्ष अजित भूजेल, विद्यालयकी प्रधानाध्यापिका संगीता प्रधान, पत्रकार नेहाल खान लगायतको उपस्थिति रहेको थियो ।