वीरगन्ज कलेजका विद्यार्थीहरुद्वारा स्थलगत अध्ययन अवलोकन

वीरगन्ज कलेजका विद्यार्थीहरुद्वारा स्थलगत अध्ययन अवलोकन

वीरगन्ज, ११ चैत्र । वीरगन्ज कलेजले विद्यार्थीहरुलाई प्रतिवेदन लेखन तथा प्रस्तुतीकरणका विषयमा जानकारी गराउन स्थलगत अध्ययन अवलोकन गराएको छ ।

परियोजना कार्यको प्रतिबेदन लेखन तथा प्रस्तुतीकरणको लागि बिरगंज कलेजमा अध्ययनरत कामिनी सेक्सनका विद्यार्थीहरुले बिरगंज चिनी कारखाना आवास क्षेत्रको परिसरमा अवस्थित पशुपतिनाथ मन्दिर तथा भिस्वा स्थित विहारको स्थलगत अध्ययन अवलोकन गरेका छन् ।

विद्यार्थीहरुलाई पाठ्यक्रममा भएका विषयवस्तु लगायत बाहिरका विषयमा पनि जानकारी गराउने उद्देश्यले स्थलगत अध्ययन अवलोकन गराईएको शिक्षक प्रेम श्रेष्ठले जानकारी दिनुभयो ।

विभिन्न धार्मिक स्थलहरुको विषयमा जानकारी गराउने उद्देश्यले वीरगन्जभन्दा टाढा रहेका धार्मिक स्थल पशुपति नाथको प्रतीकको रुपमा वीरगन्ज चिनी कारखाना आवासक्षेत्रको पशुपनि मन्दिरमा र स्वयम्भुको बौद्ध विहारको प्रतीकको रुपमा

भिस्वाको बौद्ध विहारको स्थलगत अध्ययन अवलोकन गराईएको शिक्षक श्रेष्ठले बताउनुभयो । शैक्षिक क्रियाकलाप अन्तगर्त स्थलगत अध्ययन अवलोकनले विद्यार्थीहरुले थप ज्ञान हासिल गर्ने कलेजको दावी छ ।