ठाकुर राम बहुमुखी क्याम्पसमामा स्ववियु निर्वाचन समिति गठन 

ठाकुर राम बहुमुखी क्याम्पसमामा स्ववियु निर्वाचन समिति गठन 

वीरगन्ज, २७ माघ । आउदो चैत्र ५ गते हुने स्वतन्त्र विद्यार्थी यूनियनको निर्वाचनका लागि ठाकुराम बहुमुखी क्याम्पसले निर्वाचन समिति गठन गरेको छ ।

निर्वाचन स्वच्छ र निष्पक्ष सम्पन्न गराउन क्याम्पसले क्याम्पसका पूर्व सहायक क्याम्पस प्रमुख रोशन लामिछानेको संयोजकत्वमा नौ सदस्यीय निर्वाचन समिति गठन गरेको हो ।

समितिको सदस्यहरुमा संजय श्रेष्ठ, इन्द्र प्रसाद भट्टराई, जितेन्द्र प्रसाद सिंह, विरेन्द्र पंडित, प्रेम प्रसाद दाहाल, उपेन्द्र पंडित, रामाधार प्रसाद साह रहेका छन् ।

निर्वाचन समितिको सदस्यसचिवमा रामाधार प्रसाद यादव रहनुभएको ठाकुराम बहुमुखी क्याम्पसका प्रमुख डाक्टर उमेश प्रसाद चौरसियाले जानकारी दिनुभयो ।