सिमरा बस दुर्घटना अडेट : घाईतेको पहिचान खुल्यो, मृतकको पहिचान अझै खुलेन
बारा १२ कार्तिक । बाराको सिमरामा बस अनियन्त्रित भई भएको दुर्घटनामा परेर घाईते भएकाहरुको सनाखत भएपनि मृतकको अझै सनाखत हुन सकेको छैन । चितवनको जलबिरे झरनाबाट पिकनिक मनाएर बिरगंज तर्फ फर्किने क्रममा शनिबार राति सिमरा स्थित राष्ट्रिय बाणिज्य बैँक अगाडि ना ७ ख ४७४९ नम्बरको बस दुर्घटनामा परेको थियो ।
बस दुर्घटनाबाट गम्भिर घाईते हुनेहरुमा बारा, कलैया उमनपा २० बस्ने अ.वर्ष ४५ को विर बहादुर महतो, जिल्ला पर्सा विरगंज मनपा.८ बस्ने अ.वर्ष ३० को सुरज साह, वर्ष १८ की प्रीया गुप्ता, वर्ष १६ की मनिषा साह, वडा नं. १२ बस्ने वर्ष २३ की सेजल गुरूङ, वडा नं. ८ कै अ.वर्ष ५२ को ललन चौरसिया, वर्ष २७ को राजन कुमार गुप्ता, वर्ष २८ को मोहन साह कानु, वडा नं.१२ बस्ने.वर्ष २७ को राजन कुमार गुप्ता, कलैया उ.म.ना.पा. ७ बस्ने वर्ष १८ को प्रसाद गुप्ता, वडा नं.७ बस्ने अ.वर्ष ३५ को अविनाश गुप्ता र जितपुरसिमरा उ.म.ना.पा. वडा नं.२ बस्ने वर्ष १९ को अनिष राई रहेका जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
घाईतेहरुको टाउँको, छाती, हात, खुट्टा, अनुहार लगायतको भागमा गम्भिर चोट लागेको छ । बिरगंज गहवाको टाईगर युवा क्लबले बस रिजर्भ गरेर पिकनिक मनाउँन गएको बस फर्किदै गर्दा सिमरामा मोटरसाईकललाई बचाउँने क्रममा बस दुर्घटनामा परेको बारा प्रहरी प्रबक्ता प्रहरी नायब उपरिक्षक दधिराम न्यौपानेले जानकारी दिनुभयो ।
घाईतेहरुको उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । बसमा ५१ जना सवार थिए भने चालक फरार रहेका छन् ।